काठमाडौँ । वर्षासँगै आएको पहिरोले हेटौँडाबाट संघीय राजधानी जोड्ने सिस्नेरी सडक खण्ड अवरुद्ध भएको छ । इन्द्रसरोवर गाउँपालिका ३ रामचन्द्र भञ्ज्याङस्थित गए राति आएको पहिरोले उक्त सडक खण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिए ।
Advertisement
उक्त स्थानमा हाल पानी परिरहेका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ । पानी रोकिएपश्चात पहिरो हटाइ यातायात सञ्चालनमा ल्याइने उनले बताए । कुलेखानी–फाखेल सडकखण्ड र त्रिभुवन राजपथ भने सञ्चालनमा छ ।
यस्तै, हेटौँडाबाट काठमाडौँ जोड्ने कान्ति लोकपथ पनि वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध छ । ललितपुरको भट्टेडाँडा गारोखोलामा आएको पहिरोले उक्त सडक खण्ड अवरुद्ध बनेको इलालका प्रहरी कार्यालय ठिगंनले जनाएको छ ।