काठमाडौँ । नेपालीहरू अष्ट्रेलिया जाने थालेसँगै पछिल्लो पाँच वर्षमा भारी मात्रामा वृद्धि भएको छ । पछिल्लो पाँच वर्षमा मात्रै नेपालीको संख्या दुई गुणाभन्दा बढीले वृद्धि भएको हो ।
Advertisement
सन् २०१६ देखि २०२१ सम्म अष्ट्रेलियामा नेपालीको संख्या १२३.७ प्रतिशतले वृद्धि भएको हो । अष्ट्रेलियामा सन् २०२१ मा सम्पन्न राष्ट्रिय जनगणनाको आंशिक तथ्यांकअनुसार अष्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या करिब ७० हजार पुगेको छ ।
यस्तै, पछिल्लो जनगणना अनुसार अष्ट्रेलियामा बसोबास गर्ने आप्रवासीमध्ये सबैभन्दा बढी भारतीय छन् । अष्ट्रेलियामा पहिलो पटक ५० प्रतिशतभन्दा बढी बासिन्दा विदेशमा जन्मेका वा आप्रवासी रहेको तथ्यांक सार्वजनिक भएको छ ।