काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको विरोध भएको छ । पार्टी निकट युवा संघ नेपालको बैठक रोक्न निर्देशन दिएसँगै उनको विरोध भएको हो ।
Advertisement
युवा संघ नेपालको असार ३ र ४ गते बस्ने गरि पदाधिकारी बैठक आह्वान गरेको थियो । तर, अध्यक्ष नेपालले रोक्न निर्देशन दिएपछि युवा संघका नेताहरु रुष्ट भएका हुन् ।
बैठक रोकिएपछि सम्मानित नेता झलनाथ खनालले संघका नेताहरूलाई भेटेर पार्टी अध्यक्ष नेपालसँग कुरा गर्ने बताएका छन् ।