काठमाडौं- करिब ५० वर्षअघि अरबको प्रायद्वीप मरुभूमिका शाही राज्यहरूको एक समूहको रूपमा परिचित थियो, संयुक्त अरब इमिरेट्स। तर, विगतमा पाल टाँगेका घरहरू मात्र देखिने यो मुलुक आधा शताब्दीपछि गगनचुम्बी भवनहरूको शहरमा परिणत भएको छ।
ऊबेला यूएईमा बाँच्नका लागि मोतीहरूको शिकार गरिन्थ्यो र ऊँटका प्रजाति हुर्काइन्थ्यो। अहिले परिदृष्य फरक छ। सम्पूर्ण अरबी प्रायद्वीपमा ठूला कला संग्रहालयका रूपमा पेरिसको ल्युभ्र, न्युयोर्क विश्वविद्यालय र पेरिसको सोर्बोन विश्वविद्यालयका भव्य शाखा खडा भएका छन्।
विश्वको सबैभन्दा अग्लो भवन, सबैभन्दा भव्य होटल (सात तारे), संसारको सबैभन्दा महँगो चित्रकला (लियोनार्डो दा भिन्चीको साल्भाटर मुन्डी अर्थात् संसारको मुक्तिदाता) र विश्वको सबैभन्दा ठूलो किनमेल केन्द्र यूएईमा छन्। यति मात्र होइन, यूएईले अन्तरिक्षमा आफ्नो मिसन पठाउने विश्वका थोरै देशका साथै कार्यालयमा साढे चार दिन काम गर्ने पहिलो देश पनि बनेको छ।
साउदी अरबमा आधा शताब्दीभन्दा कम अवधिमा भएको परिवर्तनको पछाडि एक व्यक्ति, जसलाई मध्यपूर्वका विज्ञहरूले औंल्याउन हिचकिचाउँदैनन्। ती हुन् शेख खलिफा बिन जायद बिन सुल्तान अल नाह्यान, जसको मे २०२२ मा निधन भयो। खलिफा बिन जायेद बिन सुल्तान अल नह्यान यूएईका दोस्रो राष्ट्रपति र विवादास्पद व्यक्तित्व हुन्, जसले क्षेत्रीय विकासको बलमा विश्वको नक्सामा आफ्नो देशको स्थान बनाउन सफलता पाए।
सन् १९६० को दशकको अन्त्यसम्म बेलायतले आफ्नो उपनिवेशबाट यूएईलाई छोड्न थालेको थियो। एक शताब्दीअघि त्यहाँ केही लडाकु जनजातिहरूले गुज्रिरहेको मालवाहक जहाजलाई लुट्ने क्रममा बेलायतीहरू आएका थिए। अंग्रेजहरू त्यस क्षेत्रमा आफ्नो नियन्त्रण जमाउन मात्र आएका थिए।
डिसेम्बर १९७१ मा इमिरेट्स एकजुट भएर नयाँ अर्ध–स्वायत्त देश संयुक्त अरब इमिरेट्स गठन गरियो। केही महिनापछि, अर्को इमिरेट्स रस अल खैमाह पनि उनीहरूसँग सामेल भयो। जुन अझै पनि संयुक्त अरब इमिरेट्सको नक्सामा अवस्थित छ।
सन् १९८५ मा बाहिरी क्षेत्रमा एक ठूलो वाणिज्य बन्दरगाह र व्यापार कैन्द्र जेवल अली स्थापना गरियो। स्थापना भएको लगभग ४० वर्षपछि यो अझै पनि संसारको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र भएको छ। हाल यो झन् फराकिलो भएको छ। यो मध्यपूर्वको सबैभन्दा ठूलो बन्दरगाह हो। लगातार २४ वर्षदेखि मध्यपूर्वको उत्कृष्ट बन्दरगाह बन्न सफल भएको छ। जल, हावा र जमिनबाट जोडिएको यस बन्दरगाहले आज यूएईको अर्थतन्त्रमा ठूलो भूमिका वहन गरिरहेको छ। विदेशी मालिकहरूलाई कर छुट, भन्सार शुल्क छुटका व्यवस्था मिलाएको छ।
यो इमिरेट्सका संस्थापक जायद बिन सुल्तान अल–नाह्यानको दर्शन थियो, जसले उनको देशलाई २०औं शताब्दीको अन्त्यसम्म विश्व नक्शामा स्थान पाउन सक्षम बनायो।

संयुक्त अरब इमिरेट्सका यी नेतासामु सबैभन्दा ठूलो चुनौती सन् २००८ मा दुबईमा आएको आर्थिक संकट थियो। शेखले निर्णय गरे र बहु मिलियन डलर ‘बेलआउट कोष’ इमिरेट्समा खन्याइयो। जसले विश्वको सबैभन्दा अग्लो टावर बुर्ज दुबईमा निर्माण गरियो।
संयुक्त अरब इमिरेट्स युरोपमा आफ्नो सेना पठाउने पहिलो आधुनिक अरब राष्ट्र हो। सन् १९९९ मा उनले नाटोको समर्थनमा आफ्नो सेना कोसोभोमा पठाएको थियो। सुल्तानले तेल र ग्यासको निर्यातलाई ध्यानमा राखेर लगानी गर्न प्रोत्साहित गरे। गत वर्ष यूएईले सन् २०५० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य घोषणा गरेको थियो। अबको लक्ष्य यूएईले यसैलाई बनाएको छ।
सुल्तानको सपना पूरा गर्न उनका भाइ मोहम्मद बिन जायेद बिन सुल्तान अल नहयन अगाडि सरेका छन्। र, उनी यस अरब देशको नेताका रूपमा उदाएका छन्, जो दाजु जीवित छँदासम्म उनका अति निकट सहयोगी थिए।
‘फ्रम डेजर्स किङ्डम टु ग्लोबल पावर– द राइज अफ अरब गल्फ’ नामक पुस्तकमा रोरी मिलरको दाबी छ– यूएईको अपार आर्थिक सफलताको पछाडि इन्धन निर्यातबाट प्राप्त रकम विभिन्न हितग्राहीलाई बाँड्नु हो। र, त्यसबाट बचेको रकम रियल स्टेट, आर्ट र स्टकमा लगानी गर्नु हो। त्यही रणनीतिले यूएईलाई छोटो समयमा धनवान बनाउन सफलता पायो, यो शाही खानदानले। छोटो समयको तीव्रतर आर्थिक विकासबाट प्रतिव्यक्ति आय पनि सर्वाधिक बन्यो।
सबै इमिरेट्ससँग समान रूपमा इन्धनको उपलब्धता कहाँ थियो र ! तथापि, अबुधाबीको विकासका लागि पेट्रोलियम पदार्थ नै सबैभन्दा ठूलो कारक थियो। र, समग्र मुलुकको आर्थिक विकासका लागि यो सबैभन्दा ठूलो हतियार बन्यो।