• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

भोटेकोशी बाढीः एक हजार ३९९ शव फेला

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

यूएईको शाही खानदान, जसले मरुभूमिको सल्तनतलाई बनायो ‘ग्लोबल पावर’


बिहिबार, असार ०२, २०७९ मा प्रकाशित

काठमाडौं- करिब ५० वर्षअघि अरबको प्रायद्वीप मरुभूमिका शाही राज्यहरूको एक समूहको रूपमा परिचित थियो, संयुक्त अरब इमिरेट्स। तर, विगतमा पाल टाँगेका घरहरू मात्र देखिने यो मुलुक आधा शताब्दीपछि गगनचुम्बी भवनहरूको शहरमा परिणत भएको छ।

Advertisement

ऊबेला यूएईमा बाँच्नका लागि मोतीहरूको शिकार गरिन्थ्यो र ऊँटका प्रजाति हुर्काइन्थ्यो। अहिले परिदृष्य फरक छ। सम्पूर्ण अरबी प्रायद्वीपमा ठूला कला संग्रहालयका रूपमा पेरिसको ल्युभ्र, न्युयोर्क विश्वविद्यालय र पेरिसको सोर्बोन विश्वविद्यालयका भव्य शाखा खडा भएका छन्।

विश्वको सबैभन्दा अग्लो भवन, सबैभन्दा भव्य होटल (सात तारे), संसारको सबैभन्दा महँगो चित्रकला (लियोनार्डो दा भिन्चीको साल्भाटर मुन्डी अर्थात् संसारको मुक्तिदाता) र विश्वको सबैभन्दा ठूलो किनमेल केन्द्र यूएईमा छन्। यति मात्र होइन, यूएईले अन्तरिक्षमा आफ्नो मिसन पठाउने विश्वका थोरै देशका साथै कार्यालयमा साढे चार दिन काम गर्ने पहिलो देश पनि बनेको छ।

साउदी अरबमा आधा शताब्दीभन्दा कम अवधिमा भएको परिवर्तनको पछाडि एक व्यक्ति, जसलाई मध्यपूर्वका विज्ञहरूले औंल्याउन हिचकिचाउँदैनन्। ती हुन् शेख खलिफा बिन जायद बिन सुल्तान अल नाह्यान, जसको मे २०२२ मा निधन भयो। खलिफा बिन जायेद बिन सुल्तान अल नह्यान यूएईका दोस्रो राष्ट्रपति र विवादास्पद व्यक्तित्व हुन्, जसले क्षेत्रीय विकासको बलमा विश्वको नक्सामा आफ्नो देशको स्थान बनाउन सफलता पाए।

सन् १९६० को दशकको अन्त्यसम्म बेलायतले आफ्नो उपनिवेशबाट यूएईलाई छोड्न थालेको थियो। एक शताब्दीअघि त्यहाँ केही लडाकु जनजातिहरूले गुज्रिरहेको मालवाहक जहाजलाई लुट्ने क्रममा बेलायतीहरू आएका थिए। अंग्रेजहरू त्यस क्षेत्रमा आफ्नो नियन्त्रण जमाउन मात्र आएका थिए।

डिसेम्बर १९७१ मा इमिरेट्स एकजुट भएर नयाँ अर्ध–स्वायत्त देश संयुक्त अरब इमिरेट्स गठन गरियो। केही महिनापछि, अर्को इमिरेट्स रस अल खैमाह पनि उनीहरूसँग सामेल भयो। जुन अझै पनि संयुक्त अरब इमिरेट्सको नक्सामा अवस्थित छ।

सन् १९८५ मा बाहिरी क्षेत्रमा एक ठूलो वाणिज्य बन्दरगाह र व्यापार कैन्द्र जेवल अली स्थापना गरियो। स्थापना भएको लगभग ४० वर्षपछि यो अझै पनि संसारको सबैभन्दा ठूलो स्वतन्त्र व्यापार क्षेत्र भएको छ। हाल यो झन् फराकिलो भएको छ। यो मध्यपूर्वको सबैभन्दा ठूलो बन्दरगाह हो। लगातार २४ वर्षदेखि मध्यपूर्वको उत्कृष्ट बन्दरगाह बन्न सफल भएको छ। जल, हावा र जमिनबाट जोडिएको यस बन्दरगाहले आज यूएईको अर्थतन्त्रमा ठूलो भूमिका वहन गरिरहेको छ। विदेशी मालिकहरूलाई कर छुट, भन्सार शुल्क छुटका व्यवस्था मिलाएको छ।

यो इमिरेट्सका संस्थापक जायद बिन सुल्तान अल–नाह्यानको दर्शन थियो, जसले उनको देशलाई २०औं शताब्दीको अन्त्यसम्म विश्व नक्शामा स्थान पाउन सक्षम बनायो।

संयुक्त अरब इमिरेट्सका यी नेतासामु सबैभन्दा ठूलो चुनौती सन् २००८ मा दुबईमा आएको आर्थिक संकट थियो। शेखले निर्णय गरे र बहु मिलियन डलर ‘बेलआउट कोष’ इमिरेट्समा खन्याइयो। जसले विश्वको सबैभन्दा अग्लो टावर बुर्ज दुबईमा निर्माण गरियो।

संयुक्त अरब इमिरेट्स युरोपमा आफ्नो सेना पठाउने पहिलो आधुनिक अरब राष्ट्र हो। सन् १९९९ मा उनले नाटोको समर्थनमा आफ्नो सेना कोसोभोमा पठाएको थियो। सुल्तानले तेल र ग्यासको निर्यातलाई ध्यानमा राखेर लगानी गर्न प्रोत्साहित गरे। गत वर्ष यूएईले सन् २०५० सम्ममा शुद्ध शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य घोषणा गरेको थियो। अबको लक्ष्य यूएईले यसैलाई बनाएको छ।

सुल्तानको सपना पूरा गर्न उनका भाइ मोहम्मद बिन जायेद बिन सुल्तान अल नहयन अगाडि सरेका छन्। र, उनी यस अरब देशको नेताका रूपमा उदाएका छन्, जो दाजु जीवित छँदासम्म उनका अति निकट सहयोगी थिए।

‘फ्रम डेजर्स किङ्डम टु ग्लोबल पावर– द राइज अफ अरब गल्फ’ नामक पुस्तकमा रोरी मिलरको दाबी छ– यूएईको अपार आर्थिक सफलताको पछाडि इन्धन निर्यातबाट प्राप्त रकम विभिन्न हितग्राहीलाई बाँड्नु हो। र, त्यसबाट बचेको रकम रियल स्टेट, आर्ट र स्टकमा लगानी गर्नु हो। त्यही रणनीतिले यूएईलाई छोटो समयमा धनवान बनाउन सफलता पायो, यो शाही खानदानले। छोटो समयको तीव्रतर आर्थिक विकासबाट प्रतिव्यक्ति आय पनि सर्वाधिक बन्यो।

सबै इमिरेट्ससँग समान रूपमा इन्धनको उपलब्धता कहाँ थियो र ! तथापि, अबुधाबीको विकासका लागि पेट्रोलियम पदार्थ नै सबैभन्दा ठूलो कारक थियो। र, समग्र मुलुकको आर्थिक विकासका लागि यो सबैभन्दा ठूलो हतियार बन्यो।

बिहिबार, असार ०२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन
मेलाबाट उठेको रकम पर्यटनमा लगानी

भर्खरै

  • १.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • २.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ३.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ५.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ६.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ७.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

  • ८.
    टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.