भारतमा विगत केही सातादेखि कोभिड १९ का संक्रमितहरुको संख्या निक्कै बढ्न थालेको छ । संख्या बढेसँगै भारतमा कतै कोभिडको चौथो लहरको आशंका गर्न थालिएको छ ।
Advertisement
पछिल्लो २४ घन्टामा त्यहाँ ८ हजार ३ सय २९ जना नयाँ संक्रमित थपिएको र कोभिड कै कारण १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको यो संख्या १०३ दिन यताकै सबैभन्दा बढी हो । महाराष्ट्र, दिल्ली, पश्चिमबंगाल, कर्नाटक र केरलालगायत राज्यमा कोभिडका संक्रमितहरु बढ्दै गएका छन्।
कोभिड कै कारण भारतमा हालसम्म ५ लाख २४ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । कोभिडको संक्रमणबाट बचाउन त्यहाँ १ अर्ब ९४ करोड भन्दा बढी खोप लगाइसकिएको छ ।