रुसको आक्रमणमा परी दैनिक एक सयदेखि दुई सय युक्रेनी सैनिक मारिइरहेको युक्रेनका राष्ट्रपति भोलादिमिर जेलेन्स्कीका एक सहयोगीले खुलासा गरेका छन्।
Advertisement
जेलेन्स्कीका सहयोगी मिखायलो पोदोलियाकले बीबीसीसँग कुरा गर्दै उक्त खुलासा गरेका हुन्। उनका अनुसार मारिने सैनिकहरू फ्रन्टलाइनमा तैनाथ भएका धेरै छन्। दैनिक पाँच सयभन्दा बढी सैनिक घाइते भइरहेको उनले जानकारी दिए।
पूर्वी डोनबास इलाकामा रुसको बराबर हुनका लागि सैयौं तोपहरूको आवश्यकता रहेको पोदोलियाकले बताए। डोनबास इलाकामा युक्रेन र रुसबीच भिषण युद्ध जारी छ।
आफूहरू रुससँग शान्ति वार्ता फेरि शुरु गर्न तयार नरहेको उनले बताए। जबसम्म रुसी सैनिक युक्रेनको भूमिबाट फर्किंदैनन्, तबसम्म शान्ति वार्ता नहुने उनले प्रष्ट्याए। गत २४ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि आक्रमण थालेको थियो। अझै आक्रमणबाट पछाडि हट्ने कुनै संकेत छैन।