युक्रेनको पक्षमा युद्धमा सामेल तीन विदेशी नागरिकलाई रुस समर्थित पृथकतावादी समूहले मृत्युदण्ड दिएका छन्।
Advertisement
मृत्युदण्ड दिइएकामा दुई बेलायती र एक मोरक्कोका नागरिक छन्। युक्रेनको डोनेत्स्कमा उनीहरूको हत्या गरिएको हो। डोनेत्स्क क्षेत्रलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अलग्गै मुलुक भएको दाबी गर्दै आएका छन्।
हत्या गरिएका बेलायती नागरिक सौन पिनर र आइडेन अस्लिन छन्। उनीहरूसँगै मोरक्कोका सादुन ब्राहिमको पनि हत्या गरिएको छ।
तीनैजना युक्रेनको ३६ औँ प्याराट्रुपर्स ब्रिगेडमा आबद्ध भएर रुसविरुद्ध लडिरहेका थिए। उनीहरूलाई डोन्बासको दक्षिणी भेगमा पृथकतावादी समूहले नियन्त्रणमा लिएको थियो।