काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकमाथि गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् । उनले बर्दियाको घटनामा दोषीलाई कारबाही गर्ने बताए ।
Advertisement
बर्दियामा बाघको आक्रमणबाट स्थानीयबासी घाइते भएपछि आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा मधुवन नगरपालिका २ को ओराली बजारमा प्रहरीले गोली चलाउँदा नविना थारुको मृत्यु भएको थियो । घटनामा ४ जना घाइते भएका छन् ।
घटनाबारे सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले ‘नागरिकहरुको यस्तो अवरोधमा गोली प्रहार गर्ने आदेश नै छैन, सम्झाई बुझाइ गर्ने, कमभन्दा कम शक्ति प्रयोग गर्ने भनेका छौं । सीडीओले पनि आदेश दिएको छैन भन्नु भएको छ ।’
गृहमन्त्री खाँणले अघि भने, ‘जसले गल्ती गरेको छ, त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता जनाउन चाहन्छु ।’