उत्तराखण्डको उत्तरकाशी जिल्लामा चारधाम यात्रामा निस्किएका तीर्थालु सवार बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ। अन्य तीन तीर्थयात्री गम्भीर घाइते भएका छन्।
Advertisement
समाचार एजेन्सी पीटीआईका अनुसार चालक र सह–चालक तथा २८ तीर्थयात्री सवार थिए। उनीहरू उत्तरकाशीको यमुनोत्री मन्दिर जाँदै थिए।
उनीहरू सबै भारतको मध्यप्रदेशका बासिन्दा हुन्। नेसनल हाइवे–९४ मा बस दुर्घटनामा परेको हो। घटनाको जानकारी पाएलगत्तै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान दुर्घटनास्थल पुगेका छन्।