काठमाडौँ । बारास्थित सिमरा विमानस्थलले दैनिक उडान कटौती गर्ने भएको छ । यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती गर्ने भएको हो ।
Advertisement
विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए ।
नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिमरा विमानस्थल मर्मतसम्भार गर्न लागिएको हो ।
दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो । सप्तकोसी निर्माण सेवा कम्पनीले उक्त मर्मत सम्भारको ठेक्का लिएको छ ।