• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, मङि्सर १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

आज देशभरको मौसम मुख्यतया सफा रहने

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : श्रीलंकामा साइक्लोनले लियो ४८० को ज्यान

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • २. राशिफल : कर्कट- वैदेशिक यात्रा, मीन- श्रमको मूल्यांकन

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : मकर- विजय, कुम्भ- आयस्रोत बढ्ने

  • ५. झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • ६. अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेग्मी

  • ७. राशिफल : तुला- धन आर्जन, धनु- अवसरको खोजी

  • ८. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- व्यापारमा लाभ

  • ९. राशिफल : कर्कट- धनलाभ, मीन- मनग्य फाइदा

  • १०. चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने


    Avatar photo
शुक्रबार, मङि्सर १२, २०८३ मा प्रकाशित

रसुवा- सरकारले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको दीर्घकालीन संरक्षण, हेरचाह तथा स्याहार योजना रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ गोल्जुङबेसीबाट सुरु गरेको छ ।

बाढीमा श्रीमान् गुमाएकी २९ वर्षीया सुत्केरी र उहाँकी नवजात छोरीलाई आर्थिक सहायता प्रदान गर्दै बिहीबारदेखि योजना सुरु भएको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले पीडित महिलाको बैंक खातामा पहिलो महिनाको रु १७ हजार ५०० दाखिला गर्नुभयो ।

योजनाअन्तर्गत ती बालिकाले १८ वर्ष उमेर पूरा नगरेसम्म आमासँगै परिवारमा रहेर मासिक रु १७ हजार ५०० सहायता पाउनेछिन् । बाढीमा आमाबुवा गुमाएका, अभिभावक बेपत्ता भएका तथा विशेष संरक्षणको आवश्यकता रहेका बालबालिकालाई पनि दीर्घकालीन संरक्षण र भरणपोषणको व्यवस्था गरिने मन्त्री वादीले बताउनुभयो ।

उहाँले विपद् प्रभावित बालबालिकालाई सहयोग गर्ने नाममा कुनै पनि व्यक्ति वा संस्थाले आफूखुसी अन्यत्र लैजान नपाउने स्पष्ट पार्नुभयो । स्थानीय तहको सिफारिस तथा राष्ट्रिय बाल अधिकार परिषद्को समन्वय र सहमतिबिना बालबालिकालाई संस्थागत संरक्षणका नाममा बालगृह वा अस्थायी संरक्षण केन्द्रमा लैजान नपाइने उहाँले बताउनुभयो ।

बालबालिकाको सर्वोत्तम हितलाई केन्द्रमा राखेर मात्रै उद्धार, संरक्षण र पुनःस्थापनाको काम अघि बढाइने उल्लेख गर्दै उहाँले उनीहरूको शिक्षा, स्वास्थ्य, पोषण, सुरक्षित आवास र मनोसामाजिक अवस्थालाई समेत ध्यान दिएर सरकारले दीर्घकालीन योजना कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो ।

राष्ट्रिय बाल अधिकार परिषद् र शेष घलेद्वारा सञ्चालित एमआइटिजीएफको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका तथा गर्भवती र सुत्केरीलाई लक्षित गरी विशेष सहायता कार्यक्रम सञ्चालन गरिएको हो । मध्यम तथा न्यून जोखिममा रहेका बालबालिकालाई एमआइटीजिएफ, एसओएस चिल्ड्रेन भिलेजलगायत साझेदार संस्थाको सहकार्यमा संरक्षण तथा स्याहार सेवा उपलब्ध गराइनेछ ।

परिषद्का सदस्यसचिव शान्तकुमारी भण्डारीको नेतृत्वमा पाँच टोली गत सातादेखि बाढी प्रभावित क्षेत्रमा बालबालिकाको अवस्था पहिचान, मूल्याङ्कन तथा दीर्घकालीन स्याहार योजना निर्माणमा परिचालित छन् । स्थलगत अध्ययनका क्रममा गोल्जुङबेसीकी सुत्केरी र नवजात शिशुको अवस्था उच्च जोखिमपूर्ण देखिएपछि मन्त्री वादीले रकम प्रदान गर्नुभएको हो ।

मन्त्री वादीका अनुसार विभिन्न साझेदार संस्थामार्फत हालसम्म ८१० जना बालबालिकाको दीर्घकालीन स्याहारका लागि सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । जसअनुसार एमआइटिजीएफमार्फत १५०, एसओएस चिल्ड्रेन भिलेजमार्फत ६५० र प्रविना फाउन्डेसनमार्फत १० जना बालबालिकालाई सहयोग गरिनेछ ।

मन्त्रालयको बालकोषमा रु सात करोड रहेको र बाढी प्रभावित बालबालिकाको संरक्षण तथा स्याहारका लागि एमआइटिजीएफ र नेपाल सरकारबीच रु ५८ करोड बराबरको सम्झौता भइसकेको मन्त्री वादीले बताउनुभयो ।

शुक्रबार, मङि्सर १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आज देशभरको मौसम मुख्यतया सफा रहने
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण
निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना
झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

भर्खरै

  • १.
    भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

  • २.
    आज देशभरको मौसम मुख्यतया सफा रहने

  • ३.
    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

  • ४.
    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

  • ५.
    निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

  • ६.
    झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

  • ७.
    यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

  • ८.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.