• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, मङि्सर १२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सुनचाँदीको मूल्य आज पनि बढ्यो

आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

आज देशभरको मौसम मुख्यतया सफा रहने

हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- धन लाभ, मीन- टाढाको यात्रा

  • २. राशिफल : कर्कट- वैदेशिक यात्रा, मीन- श्रमको मूल्यांकन

  • ३. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ४. राशिफल : मकर- विजय, कुम्भ- आयस्रोत बढ्ने

  • ५. झटारो : जुँगा र पुच्छर पोलिएका सिंहदरबारका सिंह !

  • ६. अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेग्मी

  • ७. राशिफल : तुला- धन आर्जन, धनु- अवसरको खोजी

  • ८. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- व्यापारमा लाभ

  • ९. राशिफल : कर्कट- धनलाभ, मीन- मनग्य फाइदा

  • १०. चिराइतोको मूल्य घटेपछि किसान चिन्तित

झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी


    Avatar photo
शुक्रबार, मङि्सर १२, २०८३ मा प्रकाशित

झापा- झापा कारागारमा क्षमताको दोब्बरभन्दा बढी कैदीबन्दी रहेका छन् । छ दशक पुरानो भवन र साँघुरो कोठाका कारण कैदीबन्दी सकसमा बस्न बाध्य छन् ।

कारागार प्रमुख पूर्णबहादुर खत्रीका अनुसार हाल कारागारमा कैदी र थुनुवा गरी कुल एक हजार ७१० जना रहेका छन् । तीमध्ये ९२९ जना कैदी र ७८१ जना थुनुवा छन् । लैङ्गिक आधारमा एक हजार ६२६ जना पुरुष र ८४ जना महिला छन् ।

प्रमुख खत्रीले कारागारमा ६५ वर्षमाथिका २४ ज्येष्ठ नागरिक, एक गर्भवती र एक आश्रित नाबालक रहेको जानकारी दिनुभयो । महिला र पुरुषका लागि छुट्टाछुट्टै भवनको व्यवस्था छ । कारागारमा १९ जोडी विवाहित कैदीबन्दीसमेत छन् । राष्ट्रियताका आधारमा १२२ जना भारतीय र २९ जना भुटानी नागरिकले कैद तथा थुनुवा जीवन बिताइरहेका कारागार प्रशासनले जनाएको छ ।

लागुऔषधका मुद्दा सबैभन्दा बढी

झापा कारागारमा रहेका कैदीबन्दीमध्ये करिब आधा हिस्सा लागुऔषधसम्बन्धी मुद्दाका छन् । कारागार प्रमुख खत्रीका अनुसार लागुऔषध कसुरमा ५६ महिला र ७९४ पुरुष गरी ८५० जना रहेका छन् ।

त्यस्तै, जबर्जस्ती करणी मुद्दामा एक महिलासहित ३५९ जना, कर्तव्य ज्यान मुद्दामा नौ महिलासहित ११४ जना, चोरी मुद्दामा एक महिलासहित १३५ जना, ठगी मुद्दामा एक महिलासहित १६ जना र अभद्र व्यवहारसम्बन्धी मुद्दामा एक महिलासहित १३ जना कारागारमा छन् । बाँकी अन्य विभिन्न मुद्दाका कैदीबन्दी रहेका छन् ।

कलबलगुढीमा नयाँ कारागारको तयारी

हालको कारागार भवन पुरानो र स्थान साँघुरो भएकाले भद्रपुर नगरपालिका–१० स्थित कलबलगुढीमा नयाँ कारागार बनाउने तयारी छ । कोशी प्रदेश प्रशिक्षण केन्द्रसँग जोडिएको १० बिघा जग्गा नयाँ कारागार निर्माणका लागि व्यवस्थापन गरिएको छ । नयाँ संरचना निर्माणका लागि विस्तृत परियोजना प्रस्ताव (डिपिआर) तयार गर्ने प्रक्रिया अघि बढिसकेको जनाइएको छ ।

विसं २०२० मा निर्माण भएको हालको भवन सुरुमा बढीमा ३५० जना कैदीबन्दी राख्न मिल्नेगरी बनाइएको थियो । पछि आन्तरिक संरचना थपेर कारागारको क्षमता ७५० पुर्‍याइएको हो ।

शुक्रबार, मङि्सर १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य आज पनि बढ्यो
आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित
भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने
आज देशभरको मौसम मुख्यतया सफा रहने
हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन
किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

भर्खरै

  • १.
    सुनचाँदीको मूल्य आज पनि बढ्यो

  • २.
    आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित

  • ३.
    भोटेकोशी बाढीः पीडित बालबालिकालाई मासिक १७ हजार ५०० दिइने

  • ४.
    आज देशभरको मौसम मुख्यतया सफा रहने

  • ५.
    हेंवाखोलामा डाइभर्सन बनाउने प्रयास नै भएन

  • ६.
    किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङ: भौतिकीकरण गर्न मुन्दुमी संरचना निर्माण

  • ७.
    निर्माण थालेको डेढ दशकपछि उत्पादनको चरणमा राहुघाट जलविद्युत् आयोजना

  • ८.
    झापा कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.