• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, मङि्सर ०४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत

राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान

थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

सुनचाँदीको मूल्य घट्यो

तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

बाँकेका दुग्ध किसान मर्कामा

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- प्रतिष्‍ठा प्राप्ति, मकर- धन आर्जन

  • २. राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : वृष- धन आर्जन, सिंह- केही झमेला

  • ४. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ५. राशिफल : सिंह- आकस्मिक लाभ, धनु- मनमा सन्तुष्‍टि

  • ६. झटारो : बडका भलमन्साको ‘वर्ष पुरुष’ अवतार !

  • ७. राशिफल : तुला- शुभचिन्तकको साथ, मकर- आकस्मिक खर्च

  • ८. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ९. दुई सातामै आयो भारतसँगै इजरायल र चीनका लागि प्रस्तावित राजदूतको एग्रिमो

  • १०. थाइल्यान्डमा चारतले भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु, १६ घाइते

टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित


    Avatar photo
बुधबार, मङि्सर ०३, २०८३ मा प्रकाशित

रसुवा-  गत भदौ १० गते ल्हेन्दे खोलामा आएको बाढीका कारण विस्थापित रसुवा-टिमुरेका बाढीपीडित आफ्नै थातथलो फर्किएर अस्थायी टेन्टमा बस्न थालेका छन् ।

विस्थापित ६८ घरधुरीमध्येबाट ४८ जना यही मङ्सिर १ गतेदेखि टिमुरेको खैँदीमा टेन्ट टाँगेर बस्न थालेका हुन् । बाढीपछि केही पीडित कोठा भाडामा लिएर बसेका छन् भने केही काठमाडौँमा बस्न नसकेपछि गाउँ फर्किएका हुन् ।

स्थानीय कामीनुर्पु तामाङका अनुसार ६८ घरधुरीमध्येबाट ४८ जना गाउँ फर्किएका छन् । आफ्नो जन्मभूमि, परम्परा र रीतिरिवाज जोगाउने उद्देश्यले गाउँ फर्किएको उहाँले बताउनुभयो ।

सरकारले अस्थायी बसोबासको व्यवस्था कहिलेसम्म गर्ने भन्ने टुङ्गो नलगाउँदा पीडित अन्योलमा रहेको उहाँको भनाइ छ । विभिन्न सङ्घसंस्थाले थप टेन्ट र राहत सामग्री उपलब्ध गराउने आश्वासन दिएको उहाँले जानकारी दिनुभयो । बाढीपीडितमध्ये करिब ९० प्रतिशत काठमाडौँमा बस्न नसक्ने अवस्था रहेको उल्लेख गर्दै उहाँले खेती किसानी र पशुपालन गरेर जीवनयापन गर्ने सोचका साथ गाउँ फर्किएको बताउनुभयो ।

टिमुरेका अर्का स्थानीय पेमा दोर्जे घलेका अनुसार यसअघि मुस्ताङ गुम्बामा २०७ पुरुष र २०४ महिला गरी ४११ जना बाढीपीडित आश्रित थिए । तीमध्ये १५१ बालबालिका र ८० जना वृद्धवृद्धा थिए । सरकारले अहिलेसम्म पीडितको अस्थायी बसोबास कहाँ र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा ठोस निर्णय नगर्दा उनीहरू अन्योलमा परेको उहाँले बताउनुभयो ।

बुधबार, मङि्सर ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत
राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र
गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान
थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
सुनचाँदीको मूल्य घट्यो

भर्खरै

  • १.
    चितवनले सुदूरपश्चिमसामु १३४ रनको लक्ष्य प्रस्तुत

  • २.
    राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

  • ३.
    गण्डकीमा विपद्पछिको पुनःनिर्माणमा आठ अर्ब बढी लाग्ने अनुमान

  • ४.
    थोरङ्ला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

  • ५.
    बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

  • ६.
    सुनचाँदीको मूल्य घट्यो

  • ७.
    तीन महिनामा ४५ आगलागीका घटना, १७ करोड बढीको क्षति

  • ८.
    बाँकेका दुग्ध किसान मर्कामा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.