• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, कार्तिक २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास

ट्रक र मोटरसाइकल ठोक्किदा मृत्यु

एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

यमनको सैन्य शिविरमा हूथी आक्रमण, १३ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • २. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ३. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ४. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • ५. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ६. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ७. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ८. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • ९. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • १०. अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित


    Avatar photo
बिहिबार, कार्तिक २०, २०८३ मा प्रकाशित

काठमाडौँ- जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो । पछिल्लो जितसँगै ४ खेलमा ७ अङ्क जोडेको लुम्बिनी अङ्क तालिकाको शीर्ष स्थानमा छ ।

साविक विजेतासमेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेल बर्षाका कारण रद्द भएपछि चितवन राईनोजसँग अङ्क बाडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो ।

लुम्बिनीले जितको लागि दिएको १५० रनको लक्ष्य पन्छाएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो ।

जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए । त्यस्तै सैफ हसनले २८ तथा आदित्य महताले ३० रनमा अविजित रहे । त्यस्तै त्रितराज दासले १८ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका बलर डिआर्सी शर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए । त्यस्तै  शेर मल्ल र तिलक भण्डारीले समान २÷२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यानले १ विकेट त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो ।

लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए । उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा  रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए ।

बलिङतर्फ जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २÷२ विकेट लिए । त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १÷१ विकेट हात पारे ।

यस हारसँगै पहिलो संस्करणको विजेता जनकपुरले  ५ खेलमध्ये २ खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ । अहिले जनकपुरको ४ अङ्क छ ।

काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।

बिहिबार, कार्तिक २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास
ट्रक र मोटरसाइकल ठोक्किदा मृत्यु
युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान
जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

भर्खरै

  • १.
    अन्तर्राष्ट्रिय फुटबलबाट क्रिस्टियानो रोनाल्डोको सन्यास

  • २.
    ट्रक र मोटरसाइकल ठोक्किदा मृत्यु

  • ३.
    एनपिएल क्रिकेटः लुम्बिनीको उत्कृष्ट जित

  • ४.
    युक्रेनी सहायता केन्द्रमा भएको रूसी आक्रमणमा मृतकको सङ्ख्या ४० पुग्यो : जेलेन्स्की

  • ५.
    चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग

  • ६.
    डिसेम्बरमा स्वदेश फर्कने हसिनाको अडान

  • ७.
    जनस्तरको सम्बन्धले नेपाल–जापान मित्रतालाई थप सुदृढ बनाएको छ : परराष्ट्रमन्त्री खनाल

  • ८.
    एनपिएलमा सट्टेबाजी गर्ने युवक पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.