• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, कार्तिक २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा

आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

किबीले दिएको सफलताको स्वाद

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइभ फिड’ सेवा सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • २. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ३. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • ४. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • ५. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ६. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ७. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ८. राशिफल : कन्या- व्यापारमा लाभ, कुम्भ- प्रशस्त फाइदा

  • ९. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

  • १०. अपराह्नपछि क्रमशः मौसममा सुधार हुने

माईखोलाको बगरमा बदामखेती


    Avatar photo
बिहिबार, कार्तिक २०, २०८३ मा प्रकाशित

झापा- सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो । बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा पर्नुभएका अग्रवालले एउटा जुक्ति निकाल्नुभयो – केही नयाँ खेती गर्ने । निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती ।

बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही हुनुभएको छ । बजारमा उहाँले फलाएको बदाम प्रतिकेजी रु १०४ का दरले बिक्री भइरहेको छ । “धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,” उहाँले बदामखेतीको सङ्घर्षको कथा सुनाउँदै भन्नुभयो, “बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ । कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले । बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ ।”

उहाँले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गर्नुभएको थियो । बाली सप्रिएपछि उत्साहित बन्नुभएका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पु¥याउनु भएको छ ।

पहाडी क्षेत्रमा हुँदै आएको बदामखेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ । तर, कृषि प्राविधिकहरुले तराई क्षेत्रमा बदाम फल्छ भनेर दिएको सल्लाहलाई उहाँले परीक्षणबाटै साबित गर्नुभयो ।

धान वा अन्य परम्परागत बालीभन्दा बदामखेतीबाट राम्रो फाइदा लिन सकिने उहाँको अनुभव छ । जेठ महिनामा रोपिएको बदाम कात्तिक महिनामा फलेपछि उहाँलाई अहिले बाली भित्र्याउने चटारो छ । बदाम लहरे बाली हो । उहाँले यसपटक बदाम बिक्री गरेर राम्रो आम्दानी हुने बताउनुभयो ।

खुकुलो, हलुका र बलौटे–दोमट माटो भएकाले तराईको न्यानो मौसम बदाम उत्पादनका लागि उपयुक्त मानिने झापा गाउँपालिकाका कृषि प्राविधिक रीता बर्देवाले बताउनुभयो । स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिकोणले बदाम अति नै गुणकारी मानिन्छ ।

बिहिबार, कार्तिक २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपतिसँग सभामुखको भेटवार्ता
राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट
पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु
बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा
आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना
पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

भर्खरै

  • १.
    राष्ट्रपतिसँग सभामुखको भेटवार्ता

  • २.
    राष्ट्रपति पौडेलसँग गणतन्त्र कोरियाका राजदूतको भेट

  • ३.
    पाकिस्तानमा बस र ट्रक ठोक्किँदा ११ जनाको मृत्यु

  • ४.
    बैङ्किङ सङ्कटपछि पाराग्वेका राष्ट्रपतिको राजीनामा

  • ५.
    आजको मौसमः हिमाली क्षेत्रमा वर्षाको सम्भावना

  • ६.
    पोखरामा सयपत्री फूलको बिक्रीस्थल र मूल्य निर्धारण

  • ७.
    मध्यकालीगण्डकी एक महिनादेखि निर्माण ठप्प

  • ८.
    किबीले दिएको सफलताको स्वाद

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.