• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

मौसम खुलेसँगै धान थन्क्याउन व्यस्त छन् भोजपुरका किसान

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ५. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ६. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ७. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ८. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ९. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

बाजुराका अलपत्र दुई पुलको ठेक्का रद्द


    Avatar photo
सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित

बाजुरा- बूढीगङ्गा नदीमाथिको ‘मौरे’ र ठूलीसाँघु खोलाको पुल निर्माण अलपत्र अवस्थाम पुगेपछि ठेक्का रद्द गरिएको छ ।

वर्षांैदेखि निर्माण नभएपछि दोस्रो पक्षलाई निर्माण गर्ने गरी पुनः अलपत्र रहेका दुईवटा पुलको निर्माण कार्य अघि बढाइएको छ ।

करिब पाँच वर्षअघि ठेक्का सम्झौता भएर तीन वर्षभित्र सम्पन्न गरी सक्नुपर्ने पुलको अहिलेसम्म काम सुरु नहुँदा ठेक्का रद्द भएसँगै निर्माण प्रक्रिया अघि बढेको हो ।

विसं २०७८ माघ ११ गते बूढीगङ्गा र त्रिवेणी नगरपालिका जोड्न बूढीगङ्गा नदीमाथि ‘मौरे पुल’ निर्माण गर्न ठेक्का सम्झौता भएको थियो ।

महाकाली पुल योजना महेन्द्रनगरले काठमाडौँस्थित बिकोई बिल्डर्स प्रालिसँग रु १६ करोड २१ लाख ७८ हजार ६० मा २०८१ फागुनभित्र सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर पुल निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समय अवधि समाप्त भइसक्दा पनि काम सुरु नगरेपछि महाकाली पुल योजना कार्यालयले ठेक्का रद्द गरी कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

यसपछि विवाद अदालत पुग्यो, अदालतले २०८३ साउनमा योजना कार्यालयकै पक्षमा फैसला सुनाएपछि अब पुल निर्माणको प्रक्रिया अघि बढेको महाकाली पुल परियोजनाका सूचना अधिकारी रवि शाहले जानकारी दिनुभएको छ । बूढीगङ्ग नदीमाथि पुल नहुँदा वर्षायाममा पालिकाभर यातायात पूर्णरूपमा अवरुद्ध हुने गरेको र हिउँदमा जोखिमपूर्ण खोलामा यात्रा गर्नुपर्ने बाध्यता रहेको त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्णबहादुर थापाले बताउनुभयो ।

उहाँका अनुसार मौरे पुल केवल बूढीगङ्ग र त्रिवेणी जोड्ने भौतिक संरचना मात्र नभई, बडीमालिका क्षेत्रको प्रमुख प्रवेशद्वारका रूपमा रहेको महत्वपूर्ण पूर्वाधार हो । नदीमाथि पुल निर्माण सम्पन्न भएमा बडीमालिका आवतजावतमा सहज हुने उहाँले बताउनुभयो । वर्षौंदेखि अलपत्र अर्को पुल हो, सदरमुकाम नजिकै मार्तडी—घट्मुना सडकखण्डअन्तर्गत बडीमालिका नगरपालिकाको ठूलीसाँघु खोला ।

उक्त खोलाको पुल र बूढीगङ्गा नदीमाथि निर्माण हुने भनिएको अलपत्र पुल महाकाली पुल योजना महेन्द्रनगरमार्फत एउटै प्याकेजमा निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सो पुलको महाकाली पुल योजना महेन्द्रनगरले तीन वर्ष (२०८१) भित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ फागुन १० गते सम्झौता गरेको थियो । खोलामा ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको पक्की पुल निर्माण गर्न रु १६ करोड २१ लाख रुपैयाँमा बिकोई बिल्डर्स प्रालि काठमाडौंले ठेक्का सम्झौता गरेको थियो ।

खोलामा पुल नहुँदा बर्सेनि वर्षातको समयमा गौमूल, बडीमालिका र खप्तड छेडेदह गाउँपालिकाका नागरिकले सास्ती खेप्दै आइरहेका छन् । महाकाली पुल योजना महेन्द्रनगरका सूचना अधिकारी शाहले दुवै खोलामा सँगै पुल निर्माण गर्ने गरी ठेक्का सम्झौता गरेको भए पनि निर्माण कम्पनीको चरम लापरबाहीका कारण ठेक्का रद्द गर्नुपरेको बताउनुभयो ।

वर्षौंदेखि अलपत्र दुवै पुलको निर्माण अघि बढाउन पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल पूर्वाधार कम्पनीमार्फत प्रक्रिया सुरु गरिएको थियो । पुलको अभावमा सम्बन्धित स्थानीय तहबीचको आवतजावत पूर्ण रूपमा अवरुद्ध हुने समस्या रहेको छ ।

यसअघि निर्माण प्रक्रिया अघि बढाउने तयारीस्वरूप दुवै आयोजनास्थलमा प्राविधिक खटाएर स्थलगत परीक्षण (साइट भेरिफिकेसन) समेत गरिएको थियो । जिल्लामा विकास निर्माणका आयोजना ठेक्का सम्झौता भए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र पर्ने समस्या व्याप्त छ ।

जिल्लाका ग्रामीण सडक, पुल, भवनसँगै सुदूरपश्चिम प्रदेश सरकारका दुई सडकमा काम नहुँदा अपेक्षित प्रगति हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय अछामका अनुसार हरेक वर्ष सडक स्तरोन्नति तथा कालोपत्रका लागि छुट्याइएको बजेट निर्माण कम्पनीले समयमै काम नगर्दा खर्च हुन नसकी फिर्ता हुँदै आएको छ ।

गत आर्थिक वर्ष २०८२÷८३ मा मार्तडी–कोल्टी सडकमा २० करोड र खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकमा १३ करोड ५० लाख बजेट फिर्ता भएको थियो । मार्तडी–कोल्टी सडक निर्माणको जिम्मा पीएस बानियाँ निर्माण सेवाले लिएको छ भने खप्तड–गैरीखाद–आटीचौर हुँदै मार्तडी जोड्ने सडकको केएसएम केबिसी÷तेज जेभी, धनगढी कैलालीले पाएको छ ।

विकासका ठूला आयोजना समयमै सम्पन्न नहुँदा त्यसको प्रत्यक्ष असर यहाँका नागरिकहरूको दैनिक जीवनमा परेको छ । सडक तथा पुल निर्माण नहुँदा यातायात सेवा प्रभावित हुने, उत्पादन बजारसम्म पु¥याउन कठिनाइ हुने र स्वास्थ्य तथा शिक्षाजस्ता आधारभूत सेवामा पनि समस्या हुने गरेको स्थानीयहरूको गुनासो छ ।

आयोजना अलपत्र पर्नुमा निर्माण व्यवसायीको ढिलासुस्ती, बजेट अभाव, प्राविधिक समस्या तथा सम्बन्धित निकायको निरन्तर अनुगमन, प्रभावकारी समन्वय अभावजस्ता कारण देखिने गरेका छन् । तर, आयोजना निर्माणको जिम्मा लिएका निकाय र निर्माण व्यवसायीलाई समयमै जिम्मेवार बनाउन नसक्दा समस्या दोहोरिँदै आएको छ ।

विकासका नाममा बजेट विनियोजन मात्रै गर्नु पर्याप्त हुँदैन । विनियोजित बजेटअनुसार काम भए–नभएको नियमित अनुगमन, निर्माण व्यवसायीलाई जवाफदेही बनाउने र अधुरा आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने आवश्यक देखिन्छ ।

सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता
तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती
एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा
पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट
ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

भर्खरै

  • १.
    नेपाल–भारतबीच सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणमा सहकार्य गर्ने प्रतिबद्धता

  • २.
    तुई खोलामा पुल नहुँदा स्थानीयलाई सास्ती

  • ३.
    एनपिएलः पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • ४.
    पूर्वप्रधानमन्त्री नेपालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • ५.
    श्रममन्त्री यादवसँग आइएलओका कन्ट्री डाइरेक्टरको भेट

  • ६.
    ओमाननजिक जहाजमा आक्रमण, भारतीय नाविकको मृत्यु

  • ७.
    बाल यौन दुर्व्यवहारको आरोपमा माल्दिभ्सका पूर्व विदेशमन्त्री पक्राउ

  • ८.
    रुसी आक्रमणमा युक्रेनमा २६ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.