उपन्यास ‘रेत समाधी’का लागि भारतीय लेखिका गीताञ्जलीले अन्तर्राष्ट्रिय बुकर पुरस्कार जितेकी छन्। पुरस्कारको राशि ५० हजार पाउन्ड (करिब ५० लाख भारतीय रुपैयाँ) छ।
Advertisement
उनी बुकर पुरस्कार पाउने पहिलो हिन्दीभाषी लेखिका बनेकी छन्। हालसम्म हिन्दी भाषाका कुनै लेखक–लेखिकाले बुकर पुरस्कार पाएका थिएनन्। गीताञ्जलीको उपन्यास ‘रेत समाधी’ (बालुवाको समाधी)को अंग्रेजी अनुवाद ‘टम्ब अफ स्यान्ड’ले सन् २०२२ को अन्तर्राष्ट्रिय बुकर पुरस्कार पाएको हो।
यो उपन्यास राजकमल प्रकाशनले प्रकाशित गरेको हो। हालसम्म ‘लङ लिस्ट’ र ‘सर्ट लिस्ट’मा पुगेर भारतीय लेखकका कृतिहरू बाहिरिन्थे। ‘रेत समाधी’ले भने बुकर नै जितेको छ। यसको अंग्रेजी अनुवाद डेजी रकवेलले गरेका हुन्। पुरस्कारको राशि लेखिका र अनुवादकलाई बाँडिने भएको छ।