• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक ११, २०८३
☰
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ९. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • १०. झटारो : ह्यान्सम मने कमरेडको रिस !

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य


    Avatar photo
मङ्गलबार, कार्तिक ११, २०८३ मा प्रकाशित

बाँके- सैयापुर क्षेत्र हाइकिङ (पदयात्रा) लागि गन्तव्य स्थान बन्न थालेको छ । छोटो उकालो यात्रा अनि रोमाञ्चक दृश्यावलोकनले आन्तरिक तथा बाह्य पर्यटकका लागि सो क्षेत्र पर्यटकीय आर्कषण थलो बनेको हो ।

उक्त स्थान राप्तीसोनारी गाउँपालिका–७ मा पर्छ । पदयात्राकाका क्रममा पर्यटकले त्यहाँ रहेका झरना, गुफालगायत नेपालगञ्ज, नरैनापुर र भारतका विभिन्न सहरका दृश्यावलोकन गर्न पाउने पर्यटन उद्यमी श्रीराम सिग्देलले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगन्जबाट करिब आधा घण्टाको दूरीमा सजिलै त्यहाँ पुग्न सकिने र छोटो उकालो पदयात्रामा खजुर, भक्कीम्लो, कुसुम, बडहरलगायतका फलफूल र विभिन्न प्रजातीका वनस्पतीसमेत देख्न पाइन्छ । सिग्देलले त्यस क्षेत्रमा स्थानीय सरकारले लगानी गर्न आग्रह गर्दै भौतिक पूर्वाधारको विकास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “करिब दुई घण्टा उकालो र उरालो पदयात्राका क्रममा मैले त फरक अनुभूति गर्न पाए, यो आफैँमा एउटा संस्कृति हो ।”

सिग्देलले नेपालगन्ज आउने पर्यटकको बसाई लम्बाएर उनीहरुलाई पदयात्रामा लैजाने वातवरण तय हुन सके त्यसबाट लाभ लिन सकिने उल्लेख गर्दै पर्यटन प्रवर्द्धन गर्न घरबास कार्यक्रमसमेत विस्तार गर्न सकिने बताउनुभयो । बाँकेको चुरे क्षेत्रको सबैभन्दा बढी उचाइमा रहेको यस क्षेत्रमा गरुडबाबा र निर्माणाधीन महाकालेश्वर मन्दिर रहेको छ ।

समुद्री सतहदेखि ५०० मिटरको उचाइमा रहेको उक्त पहाडमा चिसो तापक्रमका कारण पर्यटक पदयात्रामा जाने गरेको स्थानीयले बताएका छन् । नेपालगञ्जमा जुनसुकै साधनबाट पनि फत्तेपुरको भेलुनिया गाउँ हुँदै त्यस क्षेत्रमा जान सकिन्छ ।

बाँके निकुञ्जमा जङ्गल सफारी सुरु

बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु गरिएको छ । निकुञ्जको पाँचै वटा रुट (वनपथ) बाट सफारी सुरु भएको निकुञ्जका अधिकृत विज्ञान वलीले जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँ वन्यजन्तु अवलोकन, जङ्गल भ्रमण र प्राकृतिक सौन्दर्यको अनुभव लिन चाहने आन्तरिक तथा बाह्य पर्यटक सफारीमा आउने गर्छन् ।

पाटेबाघ र दुर्लभ वन्यजन्तुका लागि परिचित बाँके राष्ट्रिय निकुञ्जमा सफारीसँगै पर्यटकको आगमन बढ्न थालेको गाभर भ्याली होमस्टेका सञ्चालक कृष्ण थारूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रकृति र वन्यजन्तुमा रुचि राख्ने पर्यटकका लागि सो क्षेत्र आकर्षक गन्तव्य बन्दै गएको छ । सफारीका लागि त्यहाँ चार जीप रहेका छन् । यहाँ पाटे बाघ, चितुवा, हात्ती, गैँडा, जरायो, बँदेललगायतका वन्यजन्तु हेर्न पाइने निकुञ्जले जनाएको छ ।

मङ्गलबार, कार्तिक ११, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग
मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

भर्खरै

  • १.
    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

  • २.
    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • ३.
    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

  • ४.
    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • ५.
    भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

  • ६.
    मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

  • ७.
    नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ८.
    बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.