चितवन । भरतपुर महानगरकी नवनिर्वाचित मेयर रेनु दाहालले सोचेभन्दा राम्रो नतिजा आएको बताएकी छन् ।
Advertisement
दोस्रोपटक मेयर निर्वाचित भएसँगै पत्रकारसँग कुरा गर्दै उनले आफू ३ देखि ७ हजार बढी मतले जित्ने अनुमान गरेको बताइन् ।
उनले आफूलाई विजयी गराउने भरतपुरबासीप्रति धन्यवाद प्रकट गरिन् । ‘चुनावी मैदानमा होमिँदा आम मतदाताको साथ, सहयोग, माया र हौसला पाएँ, यो परिणामले पनि देखायो, हाम्रो पहिलो कार्यकालको कामको मूल्यांकन गर्दै सोचेभन्दा राम्रो नतिजा प्राप्त गरेका छौँ,’ उनले भनिन् ।
मेयरका रुपमा अन्तिम कार्यकाल भएको भन्दै उनले एक सेकेण्ड खेर जान नदिने बताइन् ।
उनी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीको भन्दा करिब १२ हजार बढी मतका साथ विजयी भएकी हुन् ।