टाेकियाे : जापानको इबाराकी प्रान्तमा ५.८ म्याग्निच्युडको भूकम्प गएको समाचारमा जनाइएको छ। जापानको मेटेरियोलोजिकल विभागले जनाएअनुसार यहाँ सुनामीको खतरा भने देखिएको छैन। यहाँ आइतबार दिउँसो ५.८ म्याग्निच्युडको भूकम्प आएको र यसबाट सुनामीको खतरा नदेखिएको सुचना जारी गरिएको समाचारमा जनाइएको छ।
Advertisement
उक्त भूकम्पबाट भएको क्षतिको बारेमा अहिले नै सूचना आएको छैन। अधिकारीहरुले सो क्षेत्रमा उद्धारकर्ताहरु खटिरहेको जनाएका छन्।