• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ८. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

राष्ट्रिय वाणिज्य बैंकको सवल वित्तीय सूचक


    Avatar photo
बिहिबार, असार २५, २०८३ मा प्रकाशित

काठमाडौँ- मुलुकमा सबैभन्दा बढी सरकारी कारोबार गर्ने राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले पछिल्लो पाँच वर्षमा व्यावसायिक विस्तार, निक्षेप सङ्कलन, बजार हिस्सा वृद्धि तथा ग्राहक सेवाको गुणस्तर अभिवृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।

Advertisement

चुनौतीपूर्ण आर्थिक परिवेशका बीच बैंकले वित्तीय अनुशासन, जिम्मेवार बैंकिङ अभ्यास तथा जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै व्यावसायिक आधारलाई थप सुदृढ बनाउँदै लगेको बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताउनुभयो । उहाँका अनुसार अघिल्लो आवमा रु पाँच खर्ब तीन अर्ब रहेको निक्षेप यस आवको हालसम्म रु छ खर्ब २६ अर्ब पुगेको छ । जुन अघिल्लो आवको तुलनामा करिब रु १२३ अर्ब अर्थात् करिब २४ प्रतिशतले बढी रहेको छ ।

यस अवधिमा त्यस बैंकको निक्षेप समग्र बैंकिङ उद्योगको हिस्सामा ७.५९ प्रतिशत पुगेको छ । बैंकले यस आवको चैत मसान्तसम्म रु तीन खर्ब ३९ अर्ब कर्जा विस्तार गरेको छ । प्रमुख कार्यकारी अधिकृत खनाललका अनुसार, आव २०७८/७९ मा बैंकिङ क्षेत्रको कर्जामा ४.८१ प्रतिशत बजार हिस्सा ओगटेको बैंकले आव २०८२/८३ चैत मसान्तसम्म आइपुग्दा ५.७४ प्रतिशत बजार हिस्सा कायम गर्न सफल भएको छ । बैंकले पछिल्लो समय समग्र बैकिङ बजारमा आफ्नो हिस्सा बढाउँदै गएको छ ।

समग्र अर्थतन्त्रमा कर्जाको मागमा उत्साह नभएको हालको अवस्थामा पनि बैंकले समग्र बैंकिङ उद्योगको तुलनामा उच्च कर्जा वृद्धि गर्न सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले चालु आवको तेस्रो त्रैमाससम्ममा बैंकले वार्षिक १३.२६ प्रतिशतको कर्जा वृद्धि गर्दै कुल रु तीन खर्ब ३९ अर्ब कर्जा प्रवाह गरेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सोही अवधिमा वाणिज्य बैंकहरुको कर्जा वृद्धि रु २७७ अर्ब भई ७.४३ प्रतिशतको वार्षिक कर्जा वृद्धि गरी कुल रु ५२ खर्ब ५१ अर्ब मात्र कर्जा प्रवाह गरेका छन् ।”

बैंकको व्यवसाय वृद्धि सँगसँगै शेयर मूल्यमा पनि वाणिज्य बैंकले सुधार गरिरहेको छ । विसं २०८२ चैत मसान्तमा बैंकको किताबी मूल्य बढेर रु ३५१/९८ प्रति शेयर पुगेको र प्रतिशेयर आम्दानी रु २३/५५ पुगेको बैंकले जनाएको छ । समयसापेक्ष ग्राहकको मागबमोजिम परिस्कृत रुपमा सेवा प्रवाह र सुविधा प्रदान गर्दै आएको सो बैंकले गत चैत मसान्तसम्म रु दुई अर्ब ७६ करोड खुद नाफा आर्जन गर्न सफल भएको छ ।

चैत मसान्तसम्म समग्र बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले निष्क्रिय कर्जा कम गर्ने सफल भएको छ । प्रमुख कार्यकारी अधिकृत खनालले समग्र बैंकिङ क्षेत्रमा रहेको निष्क्रिय कर्जा ५.२५ प्रतिशत रहेकामा त्यस बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशत रहनु बैंकका लागि सकारात्मक पक्ष रहेको बताउनुभयो । खराब कर्जालाई निरन्तर घटाउँदै लैजाने बैंक व्यवस्थापनले रणनीतिक योजना बनाई कार्य गरिरहको उहाँले स्पष्ट पार्नुभयो ।

बैंकले सातै प्रदेश, ७७ जिल्लामा ३१६ शाखा कार्यालय, ३३४ एटिएम, एक लाख ४७ हजार क्युआर मर्चेन्ट र २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्तासहित मुलुकको ग्रामीणदेखि सहरी क्षेत्रसम्म ४८ लाख ७० हजार ग्राहकलाई सेवा प्रवाह गरिरहेको छ । वर्तमान आर्थिक परिवेश, न्यून कर्जा माग तथा बैंकिङ क्षेत्रमा विद्यमान चुनौतीकै अवस्थामा पनि रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालको साख मूल्याङ्कनले बैंकको संस्थागत साखलाई ‘ए’ प्लसमा पुनःपुष्टि गर्नुले आफूलाई थप हौसला बढाएको प्रमुख कार्यकारी अधिकृत खनालले बताउनुभयो । देशको सबैभन्दा बढी क्युआर मर्चेन्ट कारोबार गर्ने बैंकका रुपमा सो बैंक राष्ट्रियस्तरमा पुरस्कृत भइसकेको छ ।

बिहिबार, असार २५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.