• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

सुनचाँदीको मूल्य वृद्धि

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजाति हरिहाँसको गणना सुरु

    Avatar photo
आइतबार, असार १४, २०८३ मा प्रकाशित

कैलाली- कैलालीको घोडाघोडी सिमसार क्षेत्रमा सूचक प्रजातिका रूपमा रहेको हरिहाँसको गणना सुरु गरिएको छ । नेपाल पन्छी संरक्षण सङ्घको आयोजनामा आजदेखि तीन दिनसम्म हरिहाँसको गणना गरिने छ ।

Advertisement

गणना टोलीमा आठ जना सहभागी छन् । तीन वटा उपसमूह बनाएर तीन वटा ब्लकमा एकसाथ गणना सुरु गरिएको नेपाल पन्छी संरक्षण सङ्घका स्थलगत परियोजना अधिकृत हिरुलाल डगौराले जानकारी दिनुभयो ।

उहाँका अनुसार घोडाघोडी सिमसार क्षेत्रमा प्रत्येक वर्ष जाडो र गर्मीयाममा सूचक प्रजाति हरिहाँसको गणना गरिँदै आइएको छ । जाडोयामको तुलनामा गर्मीयाममा हरिहाँसको सङ्ख्यामा कमी आउने उहाँले बताउनुभयो ।

डगौराका अनुसार कैलालीको भजनी नगरपालिकास्थित लौकाहा–भौकाहा, घोरताल तथा सोनियाँ–रुपियाँलगायत सिमसार क्षेत्रमा हरिहाँसले प्रजनन (ब्रिडिङ) गर्ने गर्दछन् । प्रजननका लागि हरिहाँस जिल्लाका विभिन्न सिमसार क्षेत्रमा फैलिने भएकाले गर्मीयाममा घोडाघोडी क्षेत्रमा यसको सङ्ख्या जाडोयामको तुलनामा कम देखिने गरेको उहाँले बताउनुभयो ।

गर्मीयामको गणनाअनुसार सन् २०२३ मा २१२, सन् २०२४ मा २२५ र सन् २०२५ मा १६४ वटा हरिहाँस यहाँ अभिलेख भएका छन् । जाडोयाममा भने सन् २०२२ मा ३९४, सन् २०२३ मा ३१६ र सन् २०२४ मा ४११ पुगेको थियो । सन् २०२५ मा यो सङ्ख्या घटेर ३७२ मा झरेको थियो । सन् २०२६ को जाडोयाममा भने हरिहाँसको सङ्ख्या ४२९ पुगेको तथ्याङ्क छ । सोही अवधिमा अन्य जलपंक्षीको सङ्ख्या भने क्रमशः घट्दै गएको तथ्याङ्कले देखाएको छ ।

यस वर्षको गर्मीयामको गणना सम्पन्न भएपछि हरिहाँसको वास्तविक अवस्था, वितरण तथा सङ्ख्याको विस्तृत विवरण सार्वजनिक गरिने पन्छी संरक्षण सङ्घका अधिकृत डगौराले बताउनुभयो । हरिहाँससँगै घोडाघोडी सिमसार क्षेत्रमा पाइने अन्य जलपन्छीको पनि गणना गरिने उहाँले जानकारी दिनुभयो ।

घोडाघोडी ताल तराइकै ठूलो सिमसार क्षेत्रका रूपमा रहेको छ  । सन् २००३ मा घोडाघोडीलाई विश्व रामसार क्षेत्रमा सूचीकृत गरिएको हो । त्यतिबेला हरिहाँसको सङ्ख्या एक हजार थियो ।

घोडाघोडी संरक्षणका लागि विभिन्न निकायले काम गर्दै आएका छन् । चराको उचित बासस्थान रहेकाले पनि यस क्षेत्रलाई २०७८ फागुन २७ फागुन गते नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरिएको थियो । घोडाघोडी क्षेत्रको सूचक प्रजातिका रूपमा मगर गोही, हरिहाँस र जङ्गली धान हुन् ।

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु
बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

भर्खरै

  • १.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • २.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ३.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ४.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ५.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ६.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

  • ७.
    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

  • ८.
    सुनचाँदीको मूल्य वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.