• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन १५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

सुनचाँदीको मूल्य वृद्धि

फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ४. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ५. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ६. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

भेनेजुएलामा भूकम्पबाट एक हजार ४०० जनाको मृत्यु, ५० हजारभन्दा वेपत्ता

    Avatar photo
आइतबार, असार १४, २०८३ मा प्रकाशित

भेनेजुएला- शक्तिशाली भूकम्प गएको तीन दिनभन्दा बढी समय बितिसक्दा पनि उद्धारकर्मीहरूले शनिबार भग्नावशेषमा बाँचेकाहरूको खोजी गर्न दौडधुप गरिरहेका छन् ।

Advertisement

शनिबार राति एक ११ बर्षीय बालकलाई सकुशल उद्धार गरिएको छ । आइतबार यो समाचार तयार पार्दासम्म मृतक सङ्ख्या एक हजार ४३० पुगेको पुष्टि भएको छ । समय बित्दै जाँदा भग्नावशेषमा पुरिएका व्यक्तिलाई जीवित अवस्थामा भेट्ने सम्भावना क्षीण बन्दै गएको छ ।

भूकम्पका कारण हजारौँ मानिस वेपत्ता भएका छन् भने ठूलो सङ्ख्यामा घाइते भएका रिपोर्ट प्राप्त भएका छन् ।

पहिल्यै आर्थिक सङ्कट र राजनीतिक अस्थिरताबाट गुज्रिरहेको भेनेजुयलामा भूकम्पको क्षतिका कारण थप सङ्कट आएको छ । जनवरीमा अमेरिकी विशेष बलले तत्कालिन नेता निकोलस मादुरोलाई पक्राउ गरेको थियो ।

लाखौँ मानिसहरूलाई सरसफाइ र अन्य आधारभूत आवश्यकताहरूको अभाव भएको डर छ ।

विशेषज्ञहरूका अनुसार प्राकृतिक विपत्तिपछि पहिलो ७२ घण्टा बाँचेकाहरू फेला पार्ने महत्वपूर्ण समय हो। त्यसपछि खोजी शव निकाल्ने कार्यमा परिणत हुन्छ।

नाम दिन नचाहने एक साल्भाडोरका उद्धारकर्मीले भन्नुभयो, “यो अवस्थामा उनीहरू (वेपत्ता मानिस) जीवित पाउने सम्भावना कम रहन्छ । भगवानको कृपाले केही जीवित मानिसहरू फेला परेमा यो ठूलो चमत्कार हो ।”

देशको उत्तरमा रहेको काराबालेडा शहरमा शनिबार साँझ भग्नावशेषबाट ११ वर्षीय बालकलाई उद्धार गरिएको अन्तरिम नेता डेल्सी रोड्रिगेजले बताउनुभएको छ ।

“भेनेजुएलाका लागि हरेक जीवन आशाको स्रोत हो,” उहाँले उद्धारको भिडियोसहित एक्समा गरेको पोस्टमा लेख्नुभएको छ ।

स्थानीय अधिकारीहरूको प्रतिक्रियाप्रति सार्वजनिक आक्रोश बढिरहेको बेला, अमेरिका समर्थित रोड्रिगेजले सहायताको लागि अन्य देशहरूलाई धन्यवाद दिनुभएको छ।

संयुक्त राज्य अमेरिकाले सिमोन बोलीभर अन्तर्राष्ट्रिय विमानस्थलको एउटा रनवे आंशिक रूपमा सञ्चालनमा रहेको र त्यहाँ सी–१७ अमेरिकी सैन्य विमानहरू अवतरण गर्न सक्ने बताएको छ । यसका साथै एउटा नौसेना जहाज तटमा पुगिसकेको छ ।

बुधबारका दुई भूकम्पमा भत्किएका भवनहरूबाट बाँचेका मानिसहरूको खोजीमा स्थानीय बासिन्दाहरूले मेसिनहरूको अभावमा हातले नै भग्नावशेष हटाउने प्रयास गरिरहेका छन् ।

“यो अत्यन्तै अराजक, गर्मी र अव्यवस्थित छ,” मियामीबाट एक्लै ला गुआइरा आएका ४३ वर्षीय अष्ट्रेलियन अग्नि नियन्त्रक क्रेग डेमिलोनले भन्नुभयो, “आशा छ, अझै पनि धेरै मानिसहरू फेला पार्न सकिनेछ।”

संयुक्त राष्ट्रसङ्घका सहायता प्रमुख टम फ्लेचरले शुक्रबार एएफपीसँग भन्नुभयो, “अहिलेसम्मको अनुमान अनुसार ५० हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन् ।”

आइतबार, असार १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु
नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री
सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु
दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ
मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु
बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

भर्खरै

  • १.
    मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

  • २.
    नागरिकको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर लागिपरेको छः प्रधानमन्त्री

  • ३.
    सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

  • ४.
    दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी पक्राउ

  • ५.
    मध्य पुर्वमा द्वन्द्व फैलिए पछि दश जना नाविकसहित १६ जना भारतीय नागरिकको मृत्यु

  • ६.
    बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

  • ७.
    माइतीघर डुबानप्रति कार्यवाहक प्रमुख डङ्गोलको चासो

  • ८.
    सुनचाँदीको मूल्य वृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.