• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ८. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ९. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • १०. झटारो : ह्यान्सम मने कमरेडको रिस !

विश्वकपमा मेस्सीको ऐतिहासिक रात


    Avatar photo
बुधबार, असार ०३, २०८३ मा प्रकाशित

लस एन्जलस- लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो छैटौँ विश्वकप सहभागितालाई अविस्मरणीय बनाउनुभएको छ । कप्तान मेस्सीको ह्याट्रिक प्रेरित प्रदर्शनमा साविक विजेता अर्जेन्टिनाले विश्वकप उपाधि रक्षा अभियान विजयी सुरुआत गर्दा उहाँ विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता पनि बन्नुभएको छ ।

कन्सास सिटीस्थित ६९ हजार ४५ दर्शक क्षमता भएको एरोहेड स्टेडियममा मङ्गलबार भएको खेलमा ३८ वर्षीय मेस्सीले तीन गोल गर्दै आफ्नो विश्वकप गोल सङ्ख्या १६ पुर्‍याउनुभयो । यससँगै उहाँले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोसको सर्वाधिक १६ गोलको कीर्तिमान बराबरी गर्नुभएको छ ।

मेस्सीका लागि यो खेल अर्को कारणले पनि विशेष रह्यो । उहाँले आफ्नो करियरको २००औँ अन्तर्राष्ट्रिय खेल खेल्दै विश्वकपका छ संस्करणमा सहभागिता जनाउने पहिलो फुटबलरको इतिहास रच्नुभयो । सन् २००६ मा जर्मनीमा किशोर खेलाडीका रूपमा पहिलो विश्वकप खेल्नुभएका मेस्सीले दुई दशक लामो यात्रामा अर्को ऐतिहासिक अध्याय थप्नुभएको हो ।

ग्रुप ‘जे’ अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सुरुदेखि नै पकड जमाएको थियो । मेस्सीले १७औँ मिनेटमा सुन्दर कर्लिङ प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभयो । त्यो गोलसँगै उहाँको विश्वकप गोल सङ्ख्या १४ पुगेको थियो, जसले उहाँलाई जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एमबाप्पेको बराबरीमा पु¥यायो ।

खेलको ६०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरको प्रहार गोलरक्षकबाट फर्किएपछि मेस्सीले रिबाउन्डलाई सदुपयोग गर्दै दोस्रो गोल गर्नुभयो । यससँगै उहाँले ब्राजिलका महान् स्ट्राइकर रोनाल्डोको १५ गोलको कीर्तिमान पनि बराबरी गर्नुभयो ।

त्यसपछि ७६औँ मिनेटमा उहाँले अर्को आकर्षक गोल गर्दै ह्याट्रिक पूरा गर्नुभयो र विश्वकप इतिहासका संयुक्त सर्वाधिक गोलकर्ता बन्नुभयो । चार मिनेटपछि मैदान छाड्दा दर्शकले उभिएर लामो समयसम्म ताली बजाउँदै उहाँलाई सम्मान गरेका थिए ।

मेस्सीले सन् २०२२ को दोहा विश्वकपमा अर्जेन्टिनालाई उपाधि दिलाउनुभएको थियो । त्यतिबेला फाइनलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरिएको थियो । नियमित समयमा ३–३ को रोमाञ्चक बराबरी भएको उक्त खेलमा फ्रान्सका स्टार किलियन एमबाप्पेले ह्याट्रिक गर्नुभएको थियो ।

यसपटक पनि अर्जेन्टिना र फ्रान्स पुनः फाइनलमा भेटिन सक्ने सम्भावना रहेको चर्चा भइरहेका बेला फ्रान्सले पनि आफ्नो अभियान विजयी ढङ्गले सुरु गरेको छ । सेनेगलविरुद्ध ३–१ को जितमा एमबाप्पेले दुई गोल गर्दै आफ्नो प्रभाव कायम राख्नुभयो ।

फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले एमबाप्पेको प्रशंसा गर्दै आलोचनाका बीच पनि उहाँ असाधारण खेलाडी रहेको बताउनुभयो । उहाँका अनुसार खेल सधैँ योजनाअनुसार नजाने भए पनि एमबाप्पेसँग कुनै पनि क्षण खेलको परिणाम बदल्ने क्षमता छ ।

सेनेगलविरुद्धको दुई गोलसँगै एमबाप्पेले ९९ अन्तर्राष्ट्रिय खेलमा ५८ गोल पूरा गर्दै फ्रान्सका सर्वाधिक गोलकर्ताको सूचीमा ओलिभियर जिरुडलाई पछि पार्नुभएको छ । डेसच्याम्प्सले मैत्रीपूर्ण खेलमा गोल गर्न नसके पनि विश्वकपमा रेकर्ड बनाउनु थप विशेष उपलब्धि भएको उल्लेख गर्नुभयो ।

यता अर्को स्टार स्ट्राइकर एर्लिङ हालान्डले पनि विश्वकप डेब्यूलाई स्मरणीय बनाउनुभएको छ । समूह ‘ए’ अन्तर्गत इराकमाथि नर्वेको ४–१ को जितमा उहाँले दुई गोल गर्नुभयो ।

फक्सबरोमा भएको खेलमा हालान्डले २९औँ मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाउनुभयो । यद्यपि आयमेन हुसेनको हेडरमार्फत इराकले खेल बराबरी गरेको थियो । तर इराकी रक्षापङ्क्तिको गल्तीको फाइदा उठाउँदै हालान्डले पहिलो हाफ सकिनुअघि पुनः गोल गर्नुभयो ।

५१ खेलबाट ५७ अन्तर्राष्ट्रिय गोल गरिसकेका हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले सहज जित निकाल्यो । दोस्रो हाफमा लियो ओस्टिगार्डले अर्को गोल थप्नुभयो भने इराकको आत्मघाती गोलले नर्वेको जित अझ फराकिलो बनायो । सन् १९९८ पछि पहिलोपटक विश्वकपमा फर्किएको नर्वेले यससँगै महत्त्वपूर्ण तीन अङ्क हात पार्‍यो ।

नर्वेका प्रशिक्षक स्टेल सोल्बाक्केनले हालान्डले ठूलो मञ्चमा आफूलाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको बताउनुभयो । खेलअघि नै उहाँलाई हालान्डबाट विशेष प्रदर्शनको अपेक्षा रहेको र त्यसले वास्तविक रूप लिएको उहाँको भनाइ थियो ।

मङ्गलबारको अन्तिम खेलमा विश्वकपमा पहिलोपटक सहभागी भएको जोर्डनले समूह ‘जे’ अन्तर्गत क्यालिफोर्नियाको सान्ता क्लारामा अस्ट्रियाको सामना गर्नेछ ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग
मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

भर्खरै

  • १.
    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

  • २.
    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • ३.
    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

  • ४.
    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • ५.
    भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

  • ६.
    मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

  • ७.
    नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ८.
    बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.