Advertisement
काठमाडौँ । जिल्लाको नागार्जुन नगरपालिकाको मेयर नेपाली कांग्रेसको हातमा परेको छ । उपमेयर पदमा भने नेकपा एमालेले जितेको छ ।
निवर्तमान मेयर रहेका कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले १० हजार १८६ मत ल्याउँदा एमालेका नन्दन हरि गौतमले ८ हजार ३६८ मत पाए ।
यस्तै, राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २ हजार ४६९ मत पाए ।
उपमेयरमा एमालेकी उम्मेदवार सुशिला अधिकारीले ९ हजार ४७४ मत ल्याउँदा राप्रपाकी कल्पना नेपालीले २ हजार ७५३ मत पाइन् ।
कांग्रेससँग गठबन्धन गरेको नेकपा एसका उम्मेदवार कृष्णहरि खत्रीले २ हजार १२६ मत मात्रै पाएका छन् ।