मेष- सहयोगी वा हितैषीजनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। व्यापार र उद्योगतर्फ फाइदाको योग छ।
वृष- आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि र पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। गरेका कामबाट प्रशस्त लाभ मिल्नेछ। भूमि र मातृधनबाट लाभ मिल्नेछ। विगतका कमजोरीलाई सुधार गर्न मौका छ। प्रयत्न गर्दा महत्त्वाकांक्षी योजना फलीभूत होलान्।
मिथुन- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम सम्पादन हुनेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक र परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। धैर्यले काम लिने समय छ। पशुपालन र कृषिबाट सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
कर्कट- स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। आम्दानी बढ्ने र फाइदा हुने समय छ। वैदेशिक यात्राको अवसर आउला। लेनदेनमा विवाद आउने योग छ। सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनु होला।
सिंह- प्रयास गर्दा रोकिएका काम बन्नेछन्। नयाँ काम पाइने योग छ। केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। काममा लगानीको समय छ। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि-चौपायाबाट लाभ मिल्नेछ। अरूको भर पर्दा धोकामा परिने समय छ।
कन्या- भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ। परिवारजनको भरण-पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। मातापिता र आफन्तको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ। दाम्पत्य जीवन सुखद बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ।
तुला- व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ। उद्योग र व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ। आर्जित धन तत्काल खर्च गर्नुपर्ला।
वृश्चिक- पढाइमा राम्रै प्रगति हुनेछ। स्वास्थ्यमा कमजोरी र परिश्रम धेरै गर्नुपर्ने समय छ। तापनि, काममा सफलता मिल्नेछ। भाग्योन्नतिको समय छ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा त्यति फाइदा नहोला।
धनु- विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ। धेरैले सहयोगको तत्परता देखाउनेछन्। नसोचेको फाइदा उठाउन सकिनेछ।
मकर- चुनौतीका बावजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। छर-छिमेकमा भने केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। सन्तान वा अनुयायीले प्रशन्नता दिलाउनेछन्। परिवारजन र बन्धु-बान्धवबीच आत्मीयता बढ्नेछ।
कुम्भ- वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावित छ। समय उत्साहबर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पितृधन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ।
मीन- श्रमको उचित मूल्यांकन होला। पढाइमा प्रगति हुनेछ। सामाजिक कामको दायित्व बढ्नेछ। अरूका जिम्मेवारीसमेत वहन गर्नुपर्ला। प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्। प्रयत्न गर्दा गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ।