• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन १८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

माइतीघर डुबान समस्याः दीर्घकालीन समाधानको खोजी गरिँदै

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ५. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ६. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ८. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

निर्माण व्यवसायीको विश्वास जित्दै पुनः अध्यक्षमा स्वार (नतिजा सहित)


    Avatar photo
आइतबार, जेठ २४, २०८३ मा प्रकाशित

कैलाली। सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १८ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट वर्तमान अध्यक्ष लक्ष्मण कुमार स्वार पुनः अध्यक्ष पदमा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा स्वारले आफ्ना प्रतिस्पर्धी किशोर ठकुराठीलाई पराजित गर्दै आगामी तीन वर्षका लागि महासंघको नेतृत्व पुनः आफ्नो पक्षमा पारेका हुन्। स्वारले १८३ मत प्राप्त गर्दा ठकुराठीले ७४ मत मात्रै पाएका छन ।

Advertisement

निर्वाचनमा विजयी भएपछि अध्यक्ष स्वारले सम्पूर्ण निर्माण व्यवसायीहरूको विश्वास, साथ र समर्थनप्रति आभार व्यक्त गर्दै आफू अझ बढी जिम्मेवार बनेको बताएका छन्।

नवनिर्वाचित अध्यक्ष स्वारले भने,-“मलाई पुनः नेतृत्वको जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण निर्माण व्यवसायी साथीहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यो जित मेरो व्यक्तिगत जित होइन, सम्पूर्ण निर्माण व्यवसायीहरूको जित हो। निर्माण क्षेत्र अहिले विभिन्न चुनौतीबाट गुज्रिरहेको अवस्थामा व्यवसायीहरूको हकहित संरक्षण, भुक्तानी समस्या समाधान, व्यवसायिक वातावरण सुधार तथा महासंघलाई अझ सशक्त र प्रभावकारी बनाउने दिशामा प्रतिबद्धताका साथ काम गर्ने नव निर्वाचित अध्यक्ष स्वारले बताए ।

उनले निर्वाचनलाई स्वस्थ लोकतान्त्रिक अभ्यासको रूपमा लिँदै प्रतिस्पर्धी उम्मेदवारहरूलाई समेत धन्यवाद दिएका छन्। महासंघभित्रको एकता, सहकार्य र व्यवसायीहरूको साझा हितलाई प्राथमिकतामा राखेर अघि बढ्ने अध्यक्ष स्वारले बताए ।

यसैगरी वरिष्ठ उपाध्यक्षमा कमलेश कुमार कपाडी, उपाध्यक्षमा पदम भण्डारी र मदन मोहन विष्ट, महासचिवमा खेमराज जोशी, उपमहासचिव (नीतिगत) मा आङदावा शेर्पा, उपमहासचिव (आन्तरिक) मा राजेश गिरि, कोषाध्यक्षमा निर्मल कुमार देउवा तथा सह–कोषाध्यक्षमा निर्मला सापकोटा (भट्ट) निर्वाचित भएका छन ।

यसैगरि सदस्यहरुमा महासंघको सदस्यमा दिनेश राज भट्ट, राजेश मधिकर्मी, अमर सिंह रावल, विनोद प्रसाद भट्ट, सुनिल कुँवर विजयी भएका छन ।

त्यसैगरि, तिन सदस्य निर्विरोध निर्वाचित भएका छन । दाउत तामाङ, रोहित बोगटी र गोरे सिंह ऐर निर्विरोध निर्वाचित भएका छन । २८२ मतदाता रहेको महासंघमा २६४ जनाले मतदान गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिले आगामी तीन वर्ष निर्माण व्यवसायीहरूको पेशागत हकहित संरक्षण, निर्माण क्षेत्रका समस्या समाधान तथा व्यवसायिक वातावरण सुदृढीकरणमा केन्द्रित भएर काम गर्ने अपेक्षा गरिएको छ।

सुदुरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघ

२६४ फाइनल मत गणनामा जम्मा खसेको मत २६४
अध्यक्ष
लक्ष्मण कुमार स्वार १८३
किशोर ठकुराठी ७४
बरिष्ठ उपाध्यक्ष
कमलेश कुमार कपाडी १६८
घनश्याम दत्त पाठक ८७
उपाध्यक्ष
पदम भण्डारी १६०
मदन मोहन बिष्ट १५४
बिक्रम खड्का ९०
अ्मर बहादुर बम ८४
महासचिव
खेमराज जोशी १५९
ओम राज पाठक ९५
उपमहासचिव (नीतिगत)
आङदावा शेर्पा १९२
करन बहादुर बिष्ट ६६
उपमहासचिव (आन्तरिक)
राजेश गिरि १७०
दिलिप कुमार शाही ८४
कोषाध्यक्ष
निर्मल कुमार देउवा १७४
दिर्घराज उपाध्याय ८२
सह-कोषाध्यक्ष
निर्मला सापकोटा १२९
गणेश खड्का १२५
सदस्य (खुला)
दिनेश राज भट्ट १९९
अमर सिंह रावल १८३
राजेश मधिकर्मी १७५
विनोद प्रसाद भट्ट १७५
सुनिल कुँवर १६०

आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण
मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध
सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु
सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने
शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

भर्खरै

  • १.
    झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

  • २.
    मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

  • ३.
    सुडानी सेनाको ड्रोन आक्रमणले डार्फरको अदालतमा कम्तीमा ३५ जनाको मृत्यु

  • ४.
    सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • ५.
    शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • ६.
    परराष्ट्रमन्त्री खनाल र मङ्गोलियाका पूर्वप्रधानमन्त्री जन्दानशातारबीच भेटवार्ता

  • ७.
    ‘पेपरलेस धनगढी’का लागि एकीकृत ‘डिजिटल’ प्रणाली

  • ८.
    धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.