• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन २१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा

राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

डेन्यूबमा युद्धपोत फेरि देखिए

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

युक्रेनमा रूसी आक्रमण १५ जनाको मृत्यु, दर्जनौँ घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ५. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ६. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ७. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • ८. झटारो : भाइरल बडका भलमन्सा !

  • ९. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • १०. इडाहोको रेस्टुरेन्टमा गोली चल्दा तीन जनाको मृत्यु, सात घाइते

विश्‍व घटना : अमेरिकालाई कतारको उपहार “लक्जरी विमान”


    Avatar photo
बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित

काठमाडौं- आज २१ मे। विश्‍व इतिहासका अनेकन घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्‍व चर्चित केही घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९०४- फिफाको स्थापना

विश्‍व फुटबलको नियामक निकाय ‘फुटबल इन्टरनेसनल डे फुटबल एसोसिएसन (फिफा)’ आजकै दिन स्थापना भएको हो। विश्‍वकप फुटबलको आयोजना फिफाले नै गर्दै आएको छ। विश्‍वकप फुटबल विश्‍वको सर्वाधिक हेरिने खेलकुद प्रतियोगिता हो।

– सन् १९३२- एटलान्टिक सागर पार गर्ने पहिलो महिला

सन् १९३२ मा आजकै दिन अमेरिकाकी एमेलिया इयरहार्टले एकल नन-स्टप उडानमार्फत एटलान्टिक महासागर पार गरेर रेकर्ड राखेकी थिइन्। उनी सोलो उडानबाट एटलान्टिक सागर पार गर्ने पहिलो महिला हुन्। त्यसको ५ वर्षपछि संसारको परिक्रमा गर्न जहाजमा निस्केकी उनी बेपत्ता भएकी थिइन्। उनी बेपत्ता भएको घटना संसारमा नसुल्झिएको रहस्यहरू मध्ये एक हो।

– सन् १९९१- राजीव गान्धीको हत्या

भारतका पूर्व प्रधानमन्त्री राजीव गान्धीको आजकै दिन आत्मघाति विष्‍फोट गराएर हत्या गरिएको थियो। श्रीलंकाको पृथकतावादी समूह लिट्टे समर्थक एक महिलाले आत्मघाति बम विष्‍फोट गराएर उनको हत्या गरेकी थिइन्। घटनामा गान्धीसहित १४ जना मारिएका थिए।

– सन् २००३- अल्जेरिया भूकम्पमा गयो २ हजारको ज्यान

सन् २००३ मा आजकै दिन अफ्रिकी मुलुक अल्जेरियामा शक्तिशाली भूकम्प गएको थियो। त्यसमा परी २ हजारभन्दा बढीको ज्यान गएको थियो। ६.८ रेक्टरस्केलको भूकम्पबाट राजधानी अल्जियर्स र बौमर्डिस प्रान्तमा बढी क्षति पुगेको थियो।

– सन् २०१४- थाइल्यान्डमा मार्सल ल

सन् २०१४ मा थाइल्यान्डमा त्यहाँको सेनाले मार्सल ल लागू गरेको थियो। र, त्यसक्रममा थुप्रै सञ्‍चार माध्यमहरू बन्द गराइएको थियो।

– सन् २०२१- गड पार्टिकलपछि भेटियो शक्तिशाली ब्रह्माण्डीय किरण

सन् २०२१ मा जापानका वैज्ञानिकहरूले शक्तिशाली ब्रह्माण्डीय किरण भेटिएको घोषणा गरेका थिए। ब्रह्माण्डमा भगवानको उपस्थिति रहेको प्रमाण दिने उक्त किरण फेला पर्नुअघि वैज्ञानिकहरू धर्तिमा गड पार्टिकल ‘ओह माई गड’ पत्ता लगाएका थिए। ब्रह्माण्डीय किरणको पछिल्लो खोजी ओसाका विश्‍वविद्यालयका वैज्ञानिकहरूले ‘२४० एक्जा-इलेक्ट्रोनभोल्ट’ टेलिकोस्पमार्फत गरेका हुन्। उक्त किरणलाई वैज्ञानिकहरूले ‘अमातेरासु’ नाम दिएका छन्।

– सन् २०२४- टर्बुलेन्समा फस्यो विमान, १ को मृत्यु

सन् २०२४ मा आजकै दिन सिंगापुर एयरलाइन्सको विमान आकाशमा उड्दै गर्दा टर्बुलेन्समा फस्दा एक यात्रीको ज्यान गएको थियो। घटनामा १०० भन्दा बढी घाइते भएका थिए। लन्डनबाट सिंगापुर जाँदै गरेको उक्त विमान म्यानमारको आकाशमा उडिरहेको थियो।

– सन् २०२५- अमेरिकालाई कतारको उपहार “लक्जरी विमान”

सन् २०२५ मा आजकै दिन कतारले अमेरिकाको रक्षा मन्त्रालयलाई बोइङको लक्जरी विमान ७४७ जेटलाइनर उपहार दिएको थियो। त्यस विमानलाई अमेरिका सरकारले राष्‍ट्रपतिको राजकीय सवारीका लागि प्रयोग गर्ने घोषणा गरेको थियो।

बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा
राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना
डेन्यूबमा युद्धपोत फेरि देखिए
झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु
जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

भर्खरै

  • १.
    बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : धर्तिका एक चौथाई मानिस पानी संकटमा

  • ३.
    राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • ४.
    डेन्यूबमा युद्धपोत फेरि देखिए

  • ५.
    झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

  • ६.
    जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने

  • ७.
    लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

  • ८.
    ताला खुलेसँगै काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय परिषद्ले सञ्चालन गर्ने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.