• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

टिपरको ठक्करबाट मृत्यु

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

रावणले पुस्तक लेखेनन्, नेपालका ‘आउस्टेड’ नेताहरूले लेखून्


    Avatar photo
मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित

बुढ्यौलीले छोपेका एकजना पूर्व राजनीतिक प्राणी राजधानीको एउटा पार्कमा लुखुरलुखुर हिँड्दै गरेको दृष्‍य दैनिकजसो मैले देख्‍ने गरेको छु। तिनको पछि-पछि अर्का एकजना सुरक्षाकर्मी पनि देखिन्छन्। तिनको शारीरिक अवस्थाप्रति मेरो कुनै टिप्पणी छैन, जो प्राकृतिक कुरो हो। सबै गुज्रने बाटो त्यही हो।

Advertisement

म सम्झन्छु- यिनी पूर्व नेता। एकताका असीमित शक्तिको प्रयोग गर्थे। जलस्रोत मन्त्री छँदा जलस्रोत बिगारे। शिक्षा मन्त्री हुँदा शिक्षा ध्वस्त। गृहमन्त्री हुँदाछँदाको के कुरा गर्नु र। बिगार्न र भत्काउन कुनै सीमा बाँकी राखेनन्। जिन्दगीको यो घडीमा यिनले विगतका दिनहरू स्मरण गर्लान् कि नगर्लान् ?

मेरो एकजना साथी गफगाफको सिलसिलामा यस्तो भन्‍ने गर्थे, जो उनकै शव्दमा छ- “यो जिन्दगी आफूले भनेको जस्तो सोचेको जस्तो बन्‍न वा बनाउन सकिनँ; एकबारको जुनी भनिए तापनि अर्को जुनीको आशा छ, जसमा वर्तमान जिन्दगीमा भए गरेका कमी कमजोरीहरू सच्याउने छु। र, एउटा अर्थपूर्ण जिन्दगीको निर्माण गर्न सक्दो कोशिस गर्नेछु।” जिन्दगी सोचेको जस्तो कसको हुन्छ र ? एउटा सोच्यो, काम गर्‍यो तर अर्कै ‘रिजल्ट’ आउँछ;। र, यसैको नाम हो जिन्दगी।

ती वयोवृद्ध नेताले पनि आफ्नो युवा र सक्रिय जीवनकालमा सक्दो राम्रै गर्ने प्रयत्‍न पो गरेका थिए कि ? जिउज्यान दिएर गरेको कामको नतिजा नसोचेको तवरले पृथक भएर आएको थियो कि ? त्यो कसरी जान्‍ने हामीले। त्यसैले पुस्तक लेख्‍न जरुरी छ।

नेपाली राजनीतिका एकजना मुर्धन्य नेताले भनेका थिए- कृष्‍णप्रसाद भट्टराईलाई चुनावमा हराउन उनका प्रतिस्पर्धीको सेतो पहिरनमा रातो मसी छर्किएर प्रदर्शन गरिएको थियो। राजनीतिमा यस्तो गर्नु वा गरिनु सर्वथा जायजै हुँदो हो तर यस्तो पनि हुन्छ भनेर नयाँ पिँढीले कसरी थाहा पाउने ? गिरिजाप्रसाद कोइरालाले कसरी अन्तरघात गरेका थिए भन्‍ने प्रसंग समेटेर आत्म-पुस्तक लेखेको भए ‘अथेन्टिक’ हुने थियो कि? मुलुककै पहिलो राष्‍ट्रपति हुने इच्छा थियो उहाँको। अब यो तथ्य ‘अरे’ मा सीमित हुने भयो। सुशील कोइरालाको राष्‍ट्रभक्तिको अडान पनि ‘अरे’ मै गइसकेको छ।

मनमोहन अधिकारीले सोचेको र देखेको नेपालमा कति ‘ग्याप’ छ वा थियो भन्‍ने कुरा हावामा उडेर गयो। शैलजा आचार्यका जिन्दगीका अनुभवहरू पानीमा बगेर गए। रामशरण महतले ‘भ्याट’ प्रणाली नेपालमा ल्याउन गिरिजाप्रसादसँगै संघर्ष गर्नपरेको थियो ‘अरे’। उद्योगधन्दा बेचेर खाए भन्‍ने आरोपको खण्डन वा समर्थन जे छ उनले गर्न पाउनपर्छ अझै पनि। त्यो विस्मृतिको गर्भमा नजाओस्। अहिले नलेखे कहिले लेख्‍ने ? नयाँ पिँढीलाई के दिएर जाने ? भरतमोहन अधिकारीका अनुभव र योगदानका कथाहरू पनि अब राष्‍ट्रले नपाउने भयो।

यतिखेर जो जीवितै छन् अथवा भनौं कि ७० कटेका छन् जस्तै नेपाली कांग्रेसका डा. रामवरण यादव, रामचन्द्र पौडेल। एमालेकी विद्यादेवी भण्डारी र खड्गप्रसाद ओलीहरू। माओवादीका पुष्‍पकमल दाहाल, बाबुराम भट्टराईहरू। राप्रपाका पशुपतिशम्शेर र प्रकाशचन्द्र लोहनीहरू। छुटाउनै नहुने अर्को नाम हो- वामदेव गौतम। महाकाली सन्धि, पार्टी विभाजनमा उहाँको सक्रिय भूमिका थियो। ऋतिक रोशन घटनाको प्रत्यक्षदर्शी हुनु हुन्छ उहाँ मैले बुझेको। उहाँहरू विभिन्‍न घटनाहरूका डिजाइनकर्ता वा त्यससँग जोडिनुभएको वा प्रत्यक्षदर्शी हुनु हुन्छ।

उहाँहरूका जिन्दगी ‘रोलरकोस्टर’ जस्तो छ; घरी उचाइको टुप्पोमा र घरी गहिराइको पातालमा। उहाँहरूले आ-आफ्नो जिन्दगीमा गरेका ‘उचो’ उपलब्धि के हुन् र गर्दागर्दै वा गर्नै नपाई वा गरेर पनि अपजस भोगेका तीता प्रसंग के हुन्, जेनजीलाई सिकाउन भए पनि उहाँहरूले पुस्तक लेख्‍नैपर्छ। कसैको षडयन्त्रको शिकार हुनुभयो कि ? कसैको विश्‍वासघातको पात्र बनियो कि ? ‘सँगै बाँच्‍ने सँगै मर्ने’ टाइपका कसमहरूले झुक्यायो कि ? सत्य वा झुट जे भए पनि सफाइको प्रयत्‍न त अवश्य गर्नु होला भन्‍ने पंक्तिकारले आशा लिएको छ।

‘प्रचण्डपथ’ कहाँ पुग्यो, यता मार्केटमा ‘हर्कवाद’ आइसक्यो। झलनाथ खनालका सपनाहरू केके थिए ? माधवकुमारको ‘तस्बिरमा नेपाल’ भन्‍ने बाहेक अरू देखिएन सुनिएन। अँ, पहिले-पहिलेका ‘मूल्यांकन मासिक’, ‘एक्काइसौं शताब्दी’जस्ता नामधारी म्यागेजिनहरूमा उहाँहरूका ‘उत्तर कोरियाका जुछे विचारधारा’ जस्ता लाम न लामा आलेखहरू छापिन्थे। अहिलेको यो जमानामा आएर ती सन्दर्भहरूले उहाँहरूलाई कस्तो ‘फिल’ देला ? व्यर्थमा समय गुजारिएछ वा युवा मष्‍तिष्‍क बिगार्न प्रचुर भ्रमहरू छरिएछ भन्‍ने आभास हुँदो हो कि नहोला ?

‘इनडोक्ट्रिनेसन’को विषादी जनमानसमा छरिएछ भन्‍ने आत्मबोध होला कि नहोला ? पुस्तक लेख्‍नपर्‍यो नत्र हामीले कसरी थाहा पाउने उहाँहरूका बाध्यता, सीमा वा अवरोधहरू।

शेरबहादुर देउवाले लेख्‍ने पुस्तकको म नाम नै जुराइदिन्छु – “मैतिदेवीको डेरादेखि बूढानीलकण्ठको महलसम्म”। खड्गप्रसाद शर्माको पुस्तकको नाम हुनसक्छ- “चुनाबी गठबन्धन, राजनीतिक घात र शत्रुसाधना”। पुष्‍पकमल दाहालको पुस्तकको नाम के होला यो म भन्‍न सक्दिनँ। जस्तै- “ढाडमा टेकेर टाउकोमा हान्‍ने कला” वा “सत्ताको लागि र केवल सत्ताको लागि” वा “राजनीतिक उथलपुथलको धारावाहिक कहानी” इत्यादि।

रावणले जतिखेर अन्तिम श्‍वास लिइरहेको थियो, उसले लक्ष्‍मणलाई आफ्नो जीवनभरको खोजी बताएको थियो। त्यो आजका दिनसम्म ‘फिल्मांकन’ भइरहेको छ। हाम्रा नेताहरूले पनि रावणको सिको गरून् !

मङ्गलबार, बैशाख २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

टिपरको ठक्करबाट मृत्यु
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    टिपरको ठक्करबाट मृत्यु

  • २.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ३.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.