मेष- व्यापारमा फाइदा होला। पेशागत समस्या देखिन सक्छ। मुद्दा मामिलामा पर्न सकिएला। अनौठो समाचार पनि सुन्न पाइएला।
वृष- व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ। मन हर्षित हुने दिन छ। सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ। दिदी-बहिनी वा कुटुम्बका काममा सघाउनुपर्नेछ।
मिथुन- वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ। पढाइमा वृद्धि र कृषि व्यापारमा पनि नाफा होला। नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ।
कर्कट- चुनौतीका बावजुद नसोचेको काम बन्न सक्छ। धैर्यले काम लिने समय छ। मित्रजनको सहयोग पनि प्राप्त होला। अल्झेका कामहरू अरूको सहयोगमा बन्ने छन्। अप्रत्याशित लाभ हुनेछ।
सिंह- स्वास्थ्यका लागि खानामा ध्यान पुर्याउनु होला। पीडा दिनेहरू सक्रिय रहलान्। व्यर्थको खर्च हुनेछ।
कन्या- पढाइमा सफलता मिल्नेछ। बुद्धिको तारिफ ठूला व्यक्तिबाट हुनेछ। नयाँ कामको थालनी हुने दिन छ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। मुद्दा-मामिलामा विजयी भइनेछ।
तुला- अपेक्षा गरेभन्दा बढी नै लाभ हुनेछ। निर्माण तथा व्यावहारिक क्षेत्रमा मन लाग्नेछ। दिन सामान्य रहला। आफन्त मिलनले सुख दिनेछ।
वृश्चिक- प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। यात्रा हुन सक्छ। कामहरू पनि सजिलै बन्ने छन्। हाँसखेल र मनोरञ्जनमा दिन बित्नेछ।
धनु- घरेलु समस्याले सताउने छ। मित्र बनेर धोका दिनेहरू प्रशस्त हुनेछन्। स्वास्थ्य बिग्रन सक्छ। अरूको भर पर्दा काममा धोका हुन सक्छ। टाढाको यात्रा आज नगर्नु होला।
मकर– नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। काममा कठिनाइ सहनुपर्नेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ।
कुम्भ- आर्थिक पक्ष सन्तोषजनक रहने छ। रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ। पठन-पाठनमा मन जानेछ। सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला।
मीन- पढाइ र व्यापारमा पाउने सफलता यथावत रहने छ। साथीभाइसँग भेटघाट पनि होला। नयाँ कामका योजनाहरू बन्ने सम्भावना छ। काममा जोश र जागर बढ्ने देखिन्छ। आर्थिक लाभ पनि होला।