• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बाधा चिर्दै एसियन कपमा बङ्गलादेश


    Avatar photo
सोमबार, फागुन १८, २०८२ मा प्रकाशित

ढाका- सामाजिक कलङ्क, गरिबी, धार्मिक कट्टरता र पारिवारिक दबाबका वर्षौंको अवरोध पार गर्दै बङ्गलादेशको राष्ट्रिय महिला फुटबल टोली पहिलो पटक महिला एसियन कपमा स्थान बनाउन सफल भएको छ । अस्ट्रेलियामा मार्च ३ देखि सुरु हुने प्रतियोगितामा डेब्यू गर्न लागेको टोलीका लागि यो केवल खेल उपलब्धि मात्र नभई लैङ्गिक विभेदविरुद्धको ऐतिहासिक जीत पनि बनेको छ ।

Advertisement

करिब १७ करोड जनसङ्ख्या भएको यस दक्षिण एसियाली राष्ट्रमा महिला खेलाडी बन्नु सजिलो छैन । विशेषगरी ग्रामीण क्षेत्रमा केटीहरूलाई खेलकुदबाट टाढा राख्ने सामाजिक दबाब गहिरो छ । सर्ट लगाएर फुटबल खेल्नु अभद्र ठान्ने धारणा अझै जीवित छ । कप्तान अफिदा खान्डाकरले समुदायबाट पर्याप्त साथ पाएको भए अझ धेरै केटीहरू टोलीमा जोडिन सक्ने बताउनुभयो । उहाँका अनुसार धेरैले प्राथमिक तहपछि नै फुटबल छोड्नुपरेको छ, कतिपयलाई सानै उमेरमा विवाहका लागि दबाब दिइएको छ ।

बीस वर्षीया खेलाडी एन्निमा खानम रिचीले आफ्ना धेरै साथीहरूलाई खेलबाट हटाएर व्यवस्थित विवाह गराइएको स्मरण गर्नुभयो । परिवारहरूले सामाजिक दबाब सहन नसक्दा छोरीहरूलाई मैदानबाट टाढा राख्ने गरेको उहाँको भनाइ छ । कप्तान खान्डाकरले पनि आफ्ना आमाबाबुले—विशेषगरी आमाले—कटु टिप्पणी सहेर आफूलाई अघि बढाउन साथ दिनुभएको उल्लेख गर्नुभयो । उहाँले पाँच वर्षको उमेरदेखि फुटबल खेल्दै आउनुभएको हो ।

सन् २०११ मा पहिलो महिला लिग सुरु भएको बङ्गलादेशमा दुई वर्षयताको राजनीतिक उथलपुथलले थप चुनौती थपेको थियो । सन् २०२४ को विद्रोहपछि सक्रिय इस्लामवादी समूहहरूले महिलामाथि ‘अपर्याप्त विनय’ को आरोप लगाउँदै दबाब बढाएका थिए । हिंसाको धम्कीका कारण गत वर्ष केही खेल रद्दसमेत भएका थिए । हालै सम्पन्न आम निर्वाचनमा विजयी बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले महिला अधिकारको समर्थन गर्ने वाचा गरेको छ, तर इस्लामवादी दलहरूको बढ्दो प्रभावले लैङ्गिक नीतिबारे चिन्ता कायमै छ ।

बङ्गलादेश फुटबल महासङ्घका प्रशिक्षक सैफुल बारी टिटुले महिला टोलीले धेरै विरोध झेलेर यहाँसम्म पुगेको बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा आधारभूत संरचना विस्तार भएको छ र देशभर ४० भन्दा बढी क्लबले नौ वर्षदेखि केटीहरूलाई प्रशिक्षण दिन थालेका छन् । सन् २००८ अघि राष्ट्रिय महिला टोली नै नभएको स्मरण गर्दै महिला शाखा प्रमुख महफुजा अख्तर किरोनले खेलाडीहरूको जीविकोपार्जन सुनिश्चित गर्नु प्राथमिकता रहेको बताउनुभयो । पुरुष खेलाडीको तुलनामा पारिश्रमिक कम भए पनि उक्त आम्दानीले धेरै परिवारलाई स्थायित्व दिएको उहाँको भनाइ छ ।

अधिकांश खेलाडी सीमान्तकृत परिवारबाट आउने गरेका छन् । कप्तानका बुबा खन्डाकर आरिफ हुसेन प्रिन्सका अनुसार धेरै अभिभावक रिक्शाचालक, मजदुर वा साना व्यवसायी भएकाले आर्थिक अभावका कारण छोरीहरूले खेल छोड्ने अवस्था आउँछ । प्रायोजकहरूको चासो बढ्दै जाँदा समाजको मनोवृत्ति विस्तारै परिवर्तन भइरहेको खेल अधिकारीहरूको विश्वास छ ।

अब बङ्गलादेशले आफ्नो पहिलो खेल नौ पटकको एसियाली च्याम्पियन चीनसँग खेल्दै अभियान सुरु गर्दैछ । चीन र उत्तर कोरिया जस्ता शक्तिशाली टोलीहरूसँग प्रतिस्पर्धा कठिन हुने कप्तान खान्डाकरको स्वीकारोक्ति छ, तर टोलीले उत्कृष्ट प्रदर्शन गर्ने दृढता व्यक्त गर्नुभयो । एसियन कपको मैदानमा उत्रँदा बङ्गलादेशी खेलाडीहरूका लागि यो केवल खेल प्रतियोगिता नभई समानताको सङ्घर्षको निरन्तरता हुनेछ ।

सोमबार, फागुन १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.