कैलाली। सुदूरपश्चिम महोत्सव पछिल्ला वर्षहरूमा केवल मनोरञ्जनको केन्द्र मात्र नभई स्थानीय प्रतिभा प्रस्फुटन हुने महत्वपूर्ण थलोका रूपमा स्थापित हुँदै गएको छ। स्थानीय देखि राष्ट्रिय स्तरसम्मका कलाकारले आफ्नो कला–क्षमता प्रदर्शित गर्ने अवसर पाउँदै आएका कारण महोत्सव क्षेत्रीय सांस्कृतिक विकासको प्रमुख मञ्च बन्दै गएको छ।
महोत्सवमा सहभागी कलाकारहरूले यस मञ्चले उनीहरूलाई पहिचान निर्माणदेखि क्षमता वृद्धिसम्म महत्वपूर्ण योगदान पुर्याएको प्रतिक्रिया दिएका छन्। स्थानीय लोककला, आधुनिक संगीत, नृत्य, नाटक र सांस्कृतिक प्रस्तुति मार्फत कलाकारहरूले आफ्ना कौशल दर्शकसम्म पुर्याइरहेका छन ।
महोत्सवमा केवल गायन मात्रै होइन बिधालय स्तरिय नृत्य प्रतियोगिताहरु समेत हुनेगर्दछन । प्रतिभा प्रस्तुत पछि सहभागी बिधालयहरुलाई क्रमश: प्रथम, द्वितिय र तृतिय स्थनका रुपमा नगद सहित पुरस्कृत समेत गर्ने गरेको आयोजक कैलाली उद्योग वाणिज्य संघले जानकारी दिएको छ । बिभिन्न समुदायको भेषभुषामा गरिने बिधालय नृत्य प्रतियोगिताले महोत्सवको रौनकता बढाएको छ ।
आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघका सचिव तथा महोत्सवका सांस्कृतिक संयोजक प्रकाश चन्दले सुदूरपश्चिमको प्रतिभालाई राष्ट्रिय स्तरमा परिचित गराउन महोत्सवले महत्वपूर्ण भूमिका खेलिरहेको बताए ।
उनले सुदूरपश्चिममा प्रशस्त प्रतिभा छ, तर अवसरको कमीले धेरै जना ओझेलमा परिरहेको बताउदै महोत्सवलाई यत्तिकै रमाइलो कार्यक्रमको रुपमा मात्रै नहेरि प्रतिभालाई देशभर चिनाउने सुवर्ण अवसरको रूपमा सञ्चालन गरिएको बताए ।
कलाकारको पहिचान निर्माण र सांस्कृतिक समृद्धिमा यो महोत्सवको भूमिका निर्णायक बन्दै गएको छ,” चन्दले बताए । उनले समय अभावका कारण सबैलाई स्थान दिन नसकिएकोमा क्षमा माग्दै आफ्नो तिनबर्षे कार्यकालमा सकिएजतिलाई समेट्दै लैजाने बताए ।
महोत्सव देशकै उत्कृष्ठ रहेको यहा आउन तछाडमछाड गर्ने कलाकारको भिडले समेत जनाउने गर्दछ । कतिपय कलाकारहरु मंसिर २२ गते देखि आयोजना हुने सुदुरपश्चिम महोत्सव कुरेर बस्ने गरेको स्वयम आफै बताउदै आएका छन ।
कलाकारको बढ्दो सहभागिता र दर्शकको उत्साहले महोत्सवलाई क्षेत्रीय कलासंस्कृतिको दिगो मञ्चका रूपमा उभ्याइरहेको छ।
