देश बनाउन भेउ नपाएकाले
देश बनाउन खोज्दै रहेछन्
उनीसँग म पनि मिसिन पुगें
र, सोधें कसरी देश बनाउने ?
Advertisement
एकजना वृद्ध उमेरकाले
चिन्तित हुँदै भने-
गरिखाने सबै देश छाडी
लाखापाखा लागिसके
तिनलाई ल्याऊँ न पहिला
त्यसपछि कुरा गरौंला !
अर्का थिए एक्लै बसेका
तिनले भने सबै मिलौं
एकाकार होऔं
सबै ठीक हुँदै जान्छ !
अर्का थिए चर्को स्वरमा कराउने
प्रधानमन्त्रीका भूत र भविष्यका आकांक्षी
मलाई जिम्मा नदिएसम्म
केही ठीक हुने वाला छैन
र, हामी ठीक पनि हुन दिँदैनौं !