खतरा जिम्मेवारी बोकी गएका
बा, दाइ, भाउजूका दूत
राजदूत फर्किंदै छन्
अरूको आँगनमा रमाइलो गरेर
Advertisement
अब त राजदूत केही गरी देखाउने होइन,
मालिकको चाकरी गर्ने पद भएको छ !
मालिकका सन्तानको सेवा गर्ने
पद भएको छ !
दूतको अनुहारमै देखिन्छ
मालिकको छाप !
यी देशका प्रतिनिधि होइनन्,
मालिकको व्यक्तिगत सेवा गर्ने पद
बनाइएका छन् !
देशको जिन्सी खाँदा
कम्तिमा नुनको सोझो त गर
मालिकलाई चाकरी गर्नुछ भने
यहीं बसेर गर
विदेशमा बेइज्जत त नगर
चाकरेहरूलाई व्यवस्थापन गर्न थपिएका
दूतावास घटाऊ
राष्ट्रको सम्मान जोगाऊ