देशको सत्ता पल्टाएका
जेन-जीको शासन
घरमा पनि चल्न थालेको छ !
Advertisement
पहिला कोठामा एक्लै कति बसेको ?
कति मोबाइल चलाएको ?
कति साथीहरूसँग मात्रै गफ गरेको ?
चाउचाउ मात्रै कति खाएको ?
ढिलो किन घर आएको भनी
आमा-बाबुको सोधीखोजीमा पर्ने जेनजी
ए आमा, त्यो फोटो
फेसबुकमा किन हालेको ?
बुवा ट्विटरमा त्यो किन लेखेको ?
अन्तरवार्ता दिँदा त्यो किन बोलेको ?
जेन-जीका आमा-बाबु अहिले
आफैं सेन्सरमा पर्न थालेका छन् !
सामाजिक सञ्जालमा के लेख्ने ?
फेसबुकमा कुन फोटो हाल्ने ?
आमाबाबु आफैं अहिले
जेन-जी छोराछोरीलाई सोध्दै ठिक्क छन् !