बड्का भलमन्सा भन्दै थिए
रमाइलो थियो
चीन भ्रमण
Advertisement
काम उद्देश्य जे भए पनि
चुच्चे नक्साको घोचाइले
सन्तोषले बस्न दिए पो !
आफूलाई बिर्सिहाल्छन् कि भनेर
प्रधानसँगै हुल बाँधेर हिँड्ने
हाम्रो बानी
विदेश गए पनि कता जाओस्
जहाँ गए पनि
जहाँ भए पनि
मोबाइल चम्काई-चम्काई
फोटो खिच्न त हामीबाट
सिकुन् सबैले
छिमेकका प्रधानसँग
हाँसे पनि
हाथ मिलाए पनि
चुच्चे नक्साको कुरा भयो
भनी सोध्ने
फुर्सदिला देशवासी
फालाफाल छन् फेरि !
अर्कोपटक विदेश जाँदा
छाती खोलेर जानू
जाने बुझेकाको हुल लिएर जानू
न्युरोडमा हुल बाँधेर हिँडेजस्तो नहिँड्नु
मिटिङमा मोबाइल नचम्काउनू
भनेर भन्ने छु
बड्का भलमन्साले भन्दै थिए