मेरो भनेको मान नत्र ठोक्छु भनेर
लोकलाई तर्साई
क्या जुगाड बनाएर गए
सर्वग्राही लोकमानले
Advertisement
गए पनि सम्झेका छ्न् सबैले
कसैले प्रशस्ती लेखेका छ्न्
कसैले गाली गरेका छ्न्
कसैले आन्दोलन
भाग्यमानी रहेछ्न् आफन्त
जिन्दगीभरी ठगी खाने भए
व्यापार गर्नेलाई केको चिन्ता
खल्ती खाली गरी व्यापार चलाइदिने
निमुख नेपाली छँदैछ्न्
सोझा नेपालीलाई तर्साएर
लाइन लगाएर गणतन्त्र जोगाउने
ठेकेदार पनि छँदै छ्न्
जय होस् जनतालाई
व्यापार बनाउनेको
जय होस् जनतालाई दुख दिई
तर्साउनेको