• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

के हो मस्तिष्कमा लाग्‍ने पीएसपी रोग ?


    Avatar photo
शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित

काठमाडौं- पीएसपी मस्तिष्कसम्बन्धी हुने एउटा जटिल रोग हो। यो रोगलाई प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) भनिन्छ।

Advertisement

यो निको नहुने रोग हो। यो रोगका कारण मस्तिष्कको स्‍नायु सुक्दै जान्छ। यो रोग सामान्यतया ६० वर्ष कटिसकेका व्यक्तिहरूमा देखिन्छ। कसै-कसैलाई ४५ वर्षको उमेरमा पनि यो रोग लाग्‍न सक्छ। यो रोग विस्तारै-विस्तारै बढ्दै जाने भएकाले रोग लागेको केही वर्षमै बिरामीको ज्यान जाने गरेको पाइन्छ।

कारण

यो मस्तिष्कसम्बन्धी रोग हो। दिमागमा स्‍नायुहरू सुक्दै जान्छन्, बिग्रँदै जान्छन् र यो रोग जटिल बन्छ। के कारणले सुक्दै जान्छ र बिग्रन्छ भन्‍ने मेडिकल साइन्सले पत्ता लगाउन सकेको छैन। यो रोगको कारण हालसम्म पत्ता लाग्‍न सकेको छैन।

यो पार्किन्सन्स डिजिजसँग मेल खान्छ। पार्किन्सन्स डिजिजमा औषधि खाँदा बिरामीले सहज भएको महशुस गर्छन भने हालसम्म यो रोगमा बिरामीलाई सहज महशुस भएको पाइएको छैन्। रोग शुरुमै पत्ता लगाएर बढ्न नदिनबाट बचाउन हालसम्म औषधिहरू पत्ता लगाउन सकिएको छैन।

लक्षण

यो रोग समयअनुसार बढ्दै जाने भएकाले गम्भीर हुन्छ। यो रोगको शुरु-शुरुमा निराशापन देखिने, हिँड्न गाह्रो हुने, लडौंलाजस्तो हुन्छ। विस्तारै बढ्दै जाँदा खाना निल्न नसक्ने, हिँडडुल गर्न नसक्ने हुन्छ। र, ह्विचेयर वा लौरोको सहायता लिनुपर्छ।

रोग बढ्दै जाँदा बस्‍न गाह्रो हुने हुँदा बेडमा सुतिरहनुपर्ने अवस्था आउँछ। यो रोग विस्तारै-विस्तारै बढ्दै जान्छ। बिरामीलाई निल्न नसक्ने समस्या हुन्छ। कसै-कसैलाई निद्रा नलाग्‍ने, टाउको बांगिने हुन्छ। स्मरण शक्ति हराउँदै जाने, बोल्न कठिनाइ हुने, शुरुमा तल अथवा माथि हेर्न गाह्रो हुन्छ। तलमाथि हेर्न गाह्रो हुँदा भर्‍याङ चढ्न पनि गाह्रो हुन्छ।

यो आफैंले ज्यान लिने रोग त होइन तर मानिस बेडको बेडमा भएर हिँडडुल नभएर, शारीरिक अभ्यास नभएर, निमोनिया, पिसाबको इन्फेक्सन, खुट्टाको नलीमा रगत जमेर मुटुमा गएर सास फेर्न गाह्रो हुने हुँदा रोग रागेको ४-५ वर्षमा मानिसको ज्यान जान सक्छ।

कसरी पत्ता लगाउने ?

पीएसपी रोगका लक्षण पार्किन्सन्स डिजिजसँग मिल्दोजुल्दो हुने भएकाले पनि चिकित्सकहरूलाई यो रोग पत्ता लगाउन समय लाग्‍ने गर्छ।  कतिपय अवस्थामा मस्तिष्कको स्क्यान गरेर मात्र रोग पत्ता लगाउन सकिन्छ। त्यसैले, यो रोग लागेको शंका लागेमा न्युरोलोजिस्टको सम्पर्कमा गई चिकित्सकको परामर्शअनुसार पत्ता लगाउन सकिन्छ।

के गर्ने ?

– रोगबारे परिवारको सदस्यले बुझ्‍ने र बिरामीलाई सहयोग गर्ने। हौसला दिने।

– भर्‍याङ तलमाथि गर्दा, हिँडडुल गर्दा ध्यान दिने।

– धपेडी नगर्ने।

– हेर्न सजिलो होस् भनी चस्मा लगाउने।

– निल्न गाह्रो हुँदा नाकबाट, पेटमा प्वाल पारी पाइप हालेर खान खुवाउन सकिन्छ।

– थप समस्या देखिएमा वा कुनै परामर्श लिनु परेमा न्युरोलोजिस्टको सम्पर्कमा जाने र चिकित्सकले भनेअनुसार गर्ने।

 

 

शुक्रबार, भदौ १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.