नयाँदिल्ली- उपवासको परम्परा शताब्दीयौंदेखि चलिआएको छ। उपवास भनेको केवल भोकै बस्नु मात्र होइन, यो आत्मसंयम र आत्म-नियन्त्रणको अभ्यास हो।
जसरी शरीरलाई समय-समयमा आराम चाहिन्छ, त्यसरी नै आजको डिजिटल दौडमा, मन र आँखालाई पनि पर्याप्त आराम चाहिन्छ। यसका लागि, ‘डिजिटल उपवास’ एक प्रभावकारी विधि हो। यो त्यस्तो अभ्यास हो, जुन आँखाको लागि मात्र लाभदायक छैन, मनलाई नयाँ ताजगी पनि दिन्छ।
डिजिटल इन्टरमिटेन्ट फास्टिङ भनेको केही समयका लागि मोबाइल, ल्यापटप, टीभी र अन्य डिजिटल स्क्रिनबाट पूर्ण रूपमा टाढा रहनु हो। जसरी उपवासमा हामी खानाबाट शरीरलाई आराम दिन्छौं, त्यसरी नै डिजिटल फास्टिङमा आँखा र मस्तिष्कले स्क्रिनबाट आराम पाउँछन्। यसले आँखाको थकान कम गर्छ, मस्तिष्क सक्रिय महशुस हुन्छ र निद्रा पनि राम्रो हुन्छ।
ज्यादा स्क्रिन टाइमको हानी
– १-२ घण्टा- आँखामा हल्का सुक्खापन र पानी आउँछ। ध्यान केन्द्रित हुँदैन।
– ३-४ घण्टा- आँखामा थकान महशुस हुन्छ। टाउको दुख्न थाल्छ र काँधमा अप्ठ्यारो हुन थाल्छ।
– ५-६ घण्टा- निन्द्रा प्रभावित हुन थाल्छ। स्क्रिनको ब्लू लाइटले दिमागमा असर गर्न थाल्छ र चिडचिडापन बढ्छ।
– ७-८ घण्टा- लगातार टाउको दुख्न थाल्छ। आँखा धमिलो देख्न थालिन्छ। र, नजर कमजोर हुन्छन्।
– ८ घण्टाभन्दा ज्यादा- आँखाको ज्योतिलाई नराम्रो असर पुग्छ। अनिद्रा, मानसिक थकान र डिप्रेसनको खतरा बढ्छ।
डिजिटल फास्टिङका टिप्सहरू
– बेडरुम, वासरुम र डाइनिङ टेबललाई ‘नो फोन जोन’ बनाऊँ
– सुत्नुभन्दा १ घण्टाअघि मोबाइल, टीभी र ल्यापटप बन्द गरौं
– राति १० बजेपछि फिल्म, सो र वेब सिरिज नहेरौं
– फोनको होमस्क्रिनबाट सोसल मिडिया एप्स हटाइदिऊँ
– नोटिफिकेसन अफ राखौं, जसकारण बारम्बार फोन उठाउने आदत कम हुन्छ
– खाना खाइरहेको समयमा मोबाइल र टीभी विलकुलै नहेरौं
– बिहान उठेपछि ३० मिनटसम्म फोन, टीभी या ल्यापटप नहेरौं
– सातामा एक दिन सोसल मिडिया डिटक्स गरौं अर्थात नजिक राख्दै नराखौं
– दैनिक ३० मिनट वाक, योग र कुनै हबीका लागि समय दिऊँ
– पढाइ, वाक र आउटडोर गतिविधिजस्ता स्क्रिन फ्री आदत बनाऊँ
– ई-पेपर र ई-बुकको साटो किताब या अखबार रोजौं
भास्कर डट कमबाट