काठमाडौँ । निर्वाचन नजिकिएसँगै सुनको मूल्य सस्तिएको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले गिरावट आएको हो ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज छापावाला सुन प्रतितोला एक हजार रुपैयाँले घट्दै ९७ हजार रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा हजार रुपैयाँले घट्दै ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्यमा समेत ३० रुपैयाँ घटेको छ । आज चाँदी एक हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।