काठमाडौँ । ऐतिहासिक स्वर्ण पदक जितेकी भारोत्तोलनकी खेलाडी सञ्जु चौधरीले आत्महत्या गर्नुअघि आफ्नो फेसबुक वालमा एउटा भिडियो शेयर गरेकी छन् । उक्त भिडियोको क्याप्सनमा उनले ‘मिसिङ यू लभ’ भन्दै लभको इमोजी राखेकी छन् ।
नेपालमा सन् २०१९ को डिसेम्बरमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा राष्ट्रको नाममा ऐतिहासिक पदक जितेकी उनी सोमबार बिहान सलको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
नेपालगञ्ज स्थायी घर भएकी उनी केही दिनदेखि काठमाडौँको आफन्तको घरमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी थिइन् ।
आत्महत्या गर्नुअघि उनले पाकिस्तानी वेव सिरिज ‘मेरे हमसफर’को प्रेमको भाव बोकेको एक क्लिप शेयर गरेकी थिइन् । उक्त क्लिपमा नायिकाले नायकसँग सोध्छिन्, ‘परिवारको दबाबमा आएर तिमीले मलाई छोड्न त छोड्दैनौ नि ?’
नायिकाको प्रश्नमा नायकले डर देखाउँदै भनेका छन्, ‘खबरदार तिमीले अब यस्तो प्रश्न दोहोर्यार नगर्नु ।’ यसपछि यस भिडियोमा गीत बजेको हुन्छ ।
सञ्जुले यस भिडियोको क्लिपलाई शेयर गर्दै ‘मिसिङ यू लभ’ भनेर लेख्नुले उनको प्रेम र पारिवारिक तनाव देखाएको छ । यसै कारण उनले आत्महत्या जस्तो बाटो रोजेको हुनु पर्छ ।