कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । उनको गएराति निधन भएको हो ।
अचानक बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो । कुर्मीको हृदयघातका कारण निधन भएको हो ।
कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ । उपमेयरको निधन भएको कारण याहँको निर्वाचन वैशाख ३० मा नगरी केही समयपछि हुने सम्भावना छ ।
यस्तै, दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारक्रममा चौधरीको मृत्यु भएको हो । लामो समय देखि कलेजोको बिरामी भएका उहाँको गएराति मृत्यु भएको एमाले तुलसीपुर अध्यक्ष माधव वलीले जानकारी दिए ।
चुनाव प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उनलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । (नेपाल टीभी अनलाइनबाट)