राजाको फोटो देखेपछि
गणतन्त्र खतरामा देखी
विज्ञप्ति निकाल्ने बुद्धिजीवी,
नागरिक समाजका ठेकेदारहरू ।
Advertisement
भ्रष्टाचारका घटना देखे पनि
नदेखेको गर्छन् फेरि
किनकि भ्रष्टाचार, बेथितिले
गणतन्त्रलाई बलियो बनाउँछ
यिनको व्यापार चल्छ
अब अर्को विज्ञप्ति निकाल
यस्तै सेटिङ चलिरहोस्
तिम्रा मालिकको फलिफाप भइरहोस्
होश गर है होश गर
हाल्लान् तुरुङमा तिमीलाई पनि
मालिकसँगै !