सुभाषचन्द्र बोसले भनेका थिए-
तुम मुझे खुन दो मैं तुम्हें आजादी दुंगा
Advertisement
नेपालमा पनि भनेका छन्-
हामीले तिमीलाई विद्युत प्राधिकरण दियौं
तिमी हामीलाई गभर्नर देऊ
वहाँ देशको स्वतन्त्रताका लागि
मरिमेट्ने थिए
यहाँ कुर्सीका लागि
मरिहत्ते गर्ने छन्
वहाँ देशका लागि बलिदान दिने थिए
यहाँ संस्थाको बलिदान लिने
वहाँ देश ठूलो थियो
यहाँ कुर्सी ठूलो छ
त्यहाँ देशको मायाले मुठ्ठी कसिएका थिए
यहाँ आफ्नै स्वार्थ पूरा गर्न
वहाँ देश स्वतन्त्र गर्ने लडाईं थियो
यहाँ पालै पालो कुर्सी साट्ने
जय होस् शुभाषचन्द्र बोसलाई सुन्ने
अहिलेको तमाशा देख्नेहरूको