यस देशमा चोरिएको छ
रीति, थिति, इमानदारी, इज्जत
शान्ति, धर्म, कर्म, मिहिनेत
Advertisement
कोही कता कोही कतै
लागेका छन् सबै खोज्न
जसले चोरेका छन्
उनी नै बढी खोज्न व्यस्त छन्
चोर्नेहरू नै
ठूलो स्वरमा कराउँछन् पनि
खोज्ने जिम्मा उनकै हो भनेर
लुकाएका छन् आफ्ना महलभित्र
व्यापारीको खल्तीमा
विदेशी बैंकमा
ठूलो ताल्चा ठोकी
फलामका भारी सेफमा
नयाँ पुस्ता बाटोमा उभिएर कराउँदै छन्
भर नगर ती चोरहरूको
ठग्न सक्ने गरी ठगे
हाम्रा बाजे बज्यैलाई
हाम्रा आमा बाबुलाई
अब त्यो सबै हामीले नै खोज्ने छौं
फेला पारे
लुकाउनेलाई तुरुङमा हाल्ने हो !