हुलाकी सडकमा
जनजागरण अभियान चलाउँदै
मने कमरेटले सपना देखे
Advertisement
डडेलधुरे बडाकाजी र
झापालीबाको हनिमुनको समय
सकियो र
बडाकाजी नयाँ जोडीको खोजीमा छन्
कमरेटले हौसिँदै
नयाँ साइनोको घोषणा गरिहाले
अब हाम्रो जोडी बन्ने भो
डिभोर्सपछि पनि नयाँ सम्बन्ध
शुरु हुने भो !
बडाकाजी पनि के कम
बा र आफ्नो प्रेम अझै बाँकी छ
मोहब्बतको डेट एक्सपायर
नभएको खबरदारी गरिहाले
मने कमरेट जोरदार छन्
उनका कार्यकर्ता पनि कम छैनन्
पदका भोका छन्
कुर्सी नपाए कमरेटलाई
चिमोटी रहन्छन् !
त्यस कारण मने कमरेट
सपना देखिरहन्छन्
सपनालाई साँच्चैजस्तो गरी
सबैको दिमाग खलबल्याइदिन्छन्
दिउँसै सपना देख्ने बानी छोडौं
हुलाकी सडकमा
अलख जगाउने काम गर्दै गरौं कमरेट !