मने कमरेट खुब फुर्सतिला छ्न् आजभोलि
कहिले तराई यात्रा गर्छन्
कहिले मालुका त कहिले केराका
पातमा भात खान पुग्छ्न्
Advertisement
खसीको झोलसँग भात खाँदै गर्दा
अचानक गणतन्त्र खतरामा परेको सम्झन्छन् !
र, बडाकाजीलाई हामी नमिले
यो व्यवस्था ढल्ने भो भनी
रुवाबासी गर्न भ्याइहाल्छ्न्
बा चालाक छ्न् बुझेका छ्न्
मज्जाले चिनेका छ्न् मने कमरेटलाई
कता लगेर पछार्ने हुन् भन्ने
पक्कै बुझेका छ्न्
त्यो बुझी बाले दाइ कोठामा बोलाई
म पछि त बडकाजी हुने तिमी नै हो
भनी भन्न भ्याइहाल्छ्न्
यो सब देखी बडका भलमन्सा भन्दै थिए
धन्य छौं हामी हाम्रा दूरदर्शी नेताहरूको
छहारीमा हुर्किन पाएकोमा !
दुनियाँमा कहीं नभएको सिद्धान्त
नयाँ भाषा सिक्न पाएकोमा
बडा गर्व छ हाम्रो लोकतन्त्रले
बुर्कुसी हानेकोमा
गणतन्त्रले कहीं हान्न नसकेको
तर, नेपालमा हानेको अग्रगामी छलाङ देखेर !