• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भूराजनीतिको केन्द्र ठमेल : कश्मीरी, तिब्बती र चिनियाँपछि दाऊदी बोहरा !


    Avatar photo
आइतबार, चैत ०३, २०८१ मा प्रकाशित

काठमाडौं- राष्‍ट्रिय एकता अभियान नामक एक हिन्दूवादी संगठनले नेपालका मुसलमान र यहाँ आएर व्यापार-व्यवसायमा संलग्‍न चिनियाँ नागरिकहरू विरुद्ध प्रदर्शन गर्दै आएको छ। र, त्यस संगठनको माग काठमाडौंको कोर पर्यटकीय क्षेत्र ठमेलबाट चिनियाँ नागरिकहरूलाई लखेट्नुपर्ने भन्‍ने छ। ३० माघमा मात्र त्यस संगठनले ठमेलमै चिनियाँ व्यापारी-व्यवसायीहरू विरुद्ध र्‍याली निकालेको थियो। त्यस र्‍यालीको मुख्य नारा थियो, ‘स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशीकरण रोकौं !’

Advertisement

ठमेललाई चीनले तिब्बतीकरण गराएको दाबी यो संगठनले गर्दै आएको छ। र, स्थानीय हिन्दू संस्कृति जोखिममा परेको दाबी पनि संगठनको छ। यो संगठनले नेपालमा मुसलमान समुदायविरुद्ध पनि बेला-बेलामा प्रदर्शन गर्दै आएको छ। र, सनातन धर्मका पक्षमा अभियान सञ्‍चालन गर्दै आएको छ। यसका संयोजक विनय यादव बाराका बासिन्दा तथा युवा नेता हुन्।

यही मेसोमा काठमाडौंका ठमेल, न्युरोडलगायत क्षेत्रमा खाली रहेका व्यापारिक सटरहरूमा मुसलमान समुदायका फरक समूह देखिन थालेका छन्। ठमेलबाट १ किलोमिटर आसपासको इलाकामा मुसलमान समुदायको दाऊदी बोहरा समूहका व्यापारीहरू झुल्किएका छन्। अहिले उक्त समूदाय ठमेलबाट करिब डेढ किलोमिटर टाढाको खुशिबु इलाकामा देखिएको छ।

स्थानीय बासिन्दाका अनुसार ६ महिनायता भारतको मुम्बईबाट आएका ३ जनाले खुशिबुमा बसोबास थालेका छन्। उनीहरूले परिवार नै नेपाल ल्याएका छन्। र, अरू परिवारका व्यापारीहरूका लागि पनि ठमेल, नयाँबजार, न्युरोड इलाकामा व्यापारिक सटरहरू खोजिरहेका छन्। त्यसको अर्थ अझै केही परिवार मुम्बईबाट नेपाल आउने क्रममा छन्।

अनौठो के भने मुसलमान समुदायका भएको थाहा पाएपछि नयाँ बजारका एक घर मालिकले उनीहरूलाई सटर र घर भाडामा दिन अस्वीकार गरे। तर, एक्स्ट्रा रकम दिएर दाऊदी मुसलमान समुदायका व्यापारीले उनलाई घर भाडामा दिन मनाए।

कतिसम्म भने हालै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाडौंस्थित चिनियाँ दूतावासलाई ठमेलमा चिनियाँ नयाँ वर्ष समारोह गर्न निषेध गरेका थिए। चिनियाँ दूतावासले २६ जनवरीदेखि ३१ डिसेम्बरसम्म ‘ठमेल लाइट अप-२०२५’ कार्यक्रम आयोजना गर्न खोजेको थियो। र, ३०० भन्दा बढी रातो लालटिन राखेर ठमेलका सडकहरूलाई झिलिमिली बनाइने बताएको थियो। त्यसवापतको शुल्क नेपालस्थित चिनियाँ दूतावास र नेपाल ओभरसिज चाइनिज एसोसिएनले तिर्ने स्पष्‍ट बताइएको थियो। त्यसका बावजुद काठमाडौंका मेयर साहले नयाँ वर्ष कार्यक्रम गर्न दिएनन्।

मुम्बईबाट व्यापार गर्न काठमाडौं ? आफैंमा अनौठो छ यो प्रश्‍न। किनकि, कोभिड-१९ महामारीयता नेपालको व्यापारिक क्षेत्र पूर्णतः खस्किएको छ। भारतका मुम्बईलगायत ठूला महानगरहरूमा कोभिड-१९ मा खस्किएको व्यापारिक गतिविधि महामारी समाप्त भएलगत्तै पुरानै लयमा फर्किसकेको छ। नेपालको व्यापारिक गतिविधि भने अझै मन्दीमै छ, पटक्कै मुर्झाएको छैन।

२५ वर्षअघि ठमेल क्षेत्रमा भारतको कश्मीरबाट आएका व्यापारीहरूको कब्जामा थियो। करिब २० वर्षअघि ठमेलमा थोरै चिनियाँ व्यापारी भित्रिएका थिए। त्यसयता बढ्दै गएर अहिले ठमेलको मुख्य व्यापारिक समुदाय बनेका छन्, चिनियाँ नागरिकहरू। ठमेलमा कति चिनियाँ व्यापारीहरूले व्यापार-व्यवसाय सञ्‍चालन गरिरहेका छन् भन्‍ने यकिन तथ्यांक उपलब्ध छैन। तर, एक सयभन्दा बढी व्यापार-व्यवसायमा चिनियाँ नागरिकहरू संलग्‍न छन्।

होटेल, रेस्टुराँ, स-साना पसल, रेडिमेड गार्मेन्ट पसल, गरगहना, ग्रोसरी सप, मनी चेन्जरदेखि अक्युपन्चर पद्धतिका हेल्थ सेन्टर चिनियाँ नागरिकहरूले सञ्‍चालन गरिरहेका छन्। ठमेल क्षेत्रमै कार्गोलगायत आयात-निर्यात व्यवसायमा चिनियाँ नागरिकहरू संलग्‍न छन्। अन्य व्यापारीको तुलनामा चिनियाँ नागरिकहरूले बढी भाडा दिने भएकाले त्यस क्षेत्रका घरधनीहरू पनि उनीहरूसँग खुशी छन्। अन्य व्यापारीले मासिक ५० हजार रुपैयाँभन्दा बढी भाडा तिर्न खोज्दैनन्। तर, चिनियाँ नागरिकहरूले त्यही सटरलाई डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म भाडा दिन्छन्।

जसरी विगतमा कश्मीरी व्यापारीहरूको तुलनामा चिनियाँ व्यापारी कम थिए र विस्तारै चिनियाँ व्यापारीले ठमेल क्षेत्र ओगट्दै गए, त्यसरी नै अहिले मुसलमान समुदायका दाऊदी बोहरा समूहले ठमेलमा कब्जा जमाउने रणनीति अपनाउन थालेको देखिने स्थानीय बासिन्दा बताउँछन्। किनकि, दाऊदी बोहरा समुदायले अतिरिक्त रकम दिएर घरधनीहरूबाट भाडामा लिने रणनीति अपनाइरहेको एक स्थानीय बासिन्दा बताउँछन्। ‘भविष्‍यमा यो क्षेत्र दाऊदी बोहराको पकडमा गयो भने अनौठो नमाने हुन्छ। किनकि, चिनियाँहरू ठमेलमा प्रवेश गरेको झण्डै डेढ दशकमा पूरै ठमेल उनीहरूको कब्जामा गयो। अहिले नेपाली व्यापारीहरू विस्थापित भइरहँदा खाली रहेका सटरहरूमा दाऊदी बोहरा समुदायको नजर देखिएको छ,’ उनी भन्छन्। उनका अनुसार उक्त समूदायले खुशिबुमा आफ्नो अलग्गै एक मस्जिद पनि खडा गरेको छ।

विगतमा चीनको स्वशासित क्षेत्र तिब्बतबाट भागेर आएका शरणार्थीहरूले पनि ठमेल इलाकामा पकड बनाएका थिए। अहिले तिब्बती शरणार्थीहरू ठमेलमा कम छन्। पर्यटकीय शहर पोखरामा भने उनीहरूको बलियो पकड छ। र, काठमाडौंका बौद्ध, स्वयम्भूलगायत क्षेत्रमा तिब्बती शरणार्थीहरूले व्यापार-व्यवसाय सञ्‍चालन गरिरहेका छन्।

त्यसैले हो, काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र ठमेल भूराजनीतिको केन्द्र बन्दै आएको पनि। भूराजनीतिको केन्द्र बनेकै कारण ठमेलमा आफूहरूको नजर रहेको र पछिल्ला दिनमा भित्रिइरहेका दाऊदी मुसलमान समुदायका व्यक्तिहरूलाई नजिकबाट नियालिरहेको भारतीय दूतावास स्रोत बताउँछ। तथापि, भारतमा दाऊदी बोहरा समुदाय ठूला आपराधिक गतिविधिमा नदेखिएकाले आफूहरूका लागि त्यति ठूलो चुनौति नदेखेको स्रोत बताउँछ।

को हुन् दाऊदी बोहरा समुदाय ?

दाऊदी बोहरा मुस्लिम समुदाय शिया इस्लामभित्रको एक सम्प्रदाय हो। र, विशेष गरी इस्लामको मुस्ताली शाखामा पर्छ। आफ्नो व्यावसायिक कुशलता, सांस्कृतिक परम्परा र धार्मिक अभ्यासका लागि परिचित दाऊदी बोहराहरू यमनबाट भारत र त्यसपछि नेपाललगायत विश्‍वका अन्य भागहरूमा बसाइँ सरेका छन्। नेपालमा सानो अल्पसंख्यक भए पनि उनीहरूले व्यापार, परोपकार, धार्मिक प्रभाव र अन्तर-धार्मिक सम्बन्धमा उल्लेखनीय प्रभाव पारेका छन्।

त्यसो त, १९ औं शताब्दीको अन्त्य र २० औं शताब्दीको शुरुवातमा व्यापारिक अवसरहरूका कारण दाऊदी बोहरा समुदायको नेपाल बसाइँसराइ शुरु भएको थियो। तर, ती सानो संख्यामा मात्र थिए। मुख्यतया काठमाडौं र अन्य व्यावसायिक केन्द्रहरूमा बसोबास गरेका उनीहरूले कपडा, हार्डवेयर, औषधि, खाद्य प्रशोधन र निर्माणमा व्यवसाय स्थापना गरेका छन्। अहिले ठमेल आसपास बसाईं सरेका दाऊदी बोहराहरूले पनि त्यस्तै पसल शुरु गरेका छन्।

बोहरा मुसलमान समुदायले नेपालमा आफ्नो सांस्कृतिक र धार्मिक परम्परालाई कायम राख्दै मस्जिद र सामुदायिक केन्द्रहरू स्थापना गरेका छन्। शिक्षामा जोड दिएका छन्। र, परिवारका सदस्यहरूलाई विदेशमा उच्च शिक्षाका लागि पठाउँदै आएका छन्।

स्वास्थ्य सेवा, शिक्षा र गरिबी निवारणलगायत परोपकारी कामहरूमा पनि सक्रिय देखिन्छन्। अनुशासित जीवनशैली र व्यावसायिक नैतिकताका लागि परिचित उनीहरूले सरकार र सरकारी अधिकारीहरूसँग राम्रो सम्बन्ध प्रबर्द्धन गर्ने रणनीति लिएको देखिन्छ। ‘सिएन्दना’अन्तर्गत उनीहरूको धार्मिक नेतृत्वले धार्मिक र आर्थिक मामिलामा एकता र मार्गदर्शन प्रदान गर्दै आएको छ।

अपराधमा संलग्‍नता शून्य

भारतलगायत मुलुकमा यो समुदायका सदस्यहरूले सम्पत्ति शुद्धीकरण, अनियमित वित्तीय लेनदेन र कर छलीको आरोप खेप्दै आएको छ। तर, अन्य गम्भीर प्रकारका आपराधिक गतिविधिमा यो समुदायको संलग्‍नता छैन। नेपालमा पनि दाऊदी बोहरा समुदायमाथि कुनै गैरकानूनी गतिविधिको आरोप छैन। बरु उल्टै नेपालको अर्थतन्त्रमा योगदान दिँदै आएको छ।

तथापि, नेपालमा गैरकानूनी गतिविधिहरूमा उनीहरूको संलग्‍नताको कुनै प्रमाण नभए पनि उनीहरूका विश्‍वव्यापी विवादलाई केलाउँदै सम्भावित जोखिमहरू ट्र्याक गर्न सावधानीपूर्वक अनुगमन आवश्यक देखिएको नेपाल प्रहरीका एक अवकाश प्राप्त डीआईजी सुझाउँछन्।

मुस्लिम समुदायमाथि राम्रो अध्ययन रहेका एक पूर्व कूटनीतिज्ञका अनुसार भारतमा यो समुदायको बाक्लो बसोबास मुम्बईमा छ। र, पाकिस्तानको कराँचीमा बढी संख्यामा छन्। दुवै मुलुकमा यो समुदाय व्यापारमा संलग्‍न छ। अन्य मुलुक र व्यापारिक केन्द्रहरूमा पनि उनीहरू व्यापारमा संलग्‍न छन्। ‘यो समुदायमा एकअर्कालाई सापटी र ऋण दिएर व्यापारमा सघाउने अनौठो प्रचलन छ,’ ती पूर्व कूटनीतिज्ञ भन्छन्, ‘अन्य आपराधिक क्रियाकलापमा उनीहरूको संलग्‍नता कतै पाइँदैन।’

उनका अनुसार भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी अन्य कुनै मुसलमान समुदायका कार्यक्रमहरूमा जाँदैनन्, दाऊदी बोहरा समुदायका ठूला कार्यक्रममा भने अरू कार्यक्रम स्थगित गरेर भए पनि पुगेकै हुन्छन्। जब कि, भारतीय प्रधानमन्त्री मोदी हिन्दूवादी नेता हुन्, मुसलमान समुदायको चर्को विरोध गर्छन्। उनको सरकारमाथि मुसलमान समुदायलाई दमित अवस्थामा राखेको आरोप लाग्दै आएको छ।

ती पूर्व कूटनीतिज्ञका अनुसार दाऊदी बोहरा समुदायले आफूलाई अरब मुलुकमा बसोबास गर्ने मुसलमानहरूका वंशज मान्छन्। र, उनीहरूका धर्मगुरु पनि अलग्गै हुन्छन्। भारतको मुम्बई र पाकिस्तानको कराँचीमा उनीहरूका धर्मगुरु बस्छन्। ‘यो पूर्णतः व्यापारिक समुदाय हो,’ उनी भन्छन्, ‘यिनीहरू धनाढ्य पनि छन्। त्यसैले राष्‍ट्रीय सुरक्षामा खतरा उत्पन्‍न हुन सक्ने समुदाय होइन यो।’

नेपालमा बसोबास गरिरहेको मुसलमान समुदायको जनसंख्या पनि बढ्दो क्रममा छ। ०७८ सालको जनगणनाअनुसार हाल नेपालमा १४ लाख ८३ हजार ६० जनसंख्या मुसलमान समुदायको छ, जुन कुल जनसंख्याको ५.०९ प्रतिशत हो। सन् २०११ को जनगणनामा नेपालमा मुस्लिम जनसंख्या कुल जनसंख्याको ४.३९ प्रतिशत थियो।

राष्‍ट्रीय-अन्तर्राष्‍ट्रीय स्तरको अपराध अनुसन्धानमा ख्याती कमाएका नेपाल प्रहरीका एक पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) भने मुसलमान समुदायमा आक्रामक मानिने शिया समुदाय हुनुका नाताले भविष्‍यमा नेपालजस्तो अति संवेदनशील भूराजनीतिक अवस्थितिको देशले चनाखो रहनुपर्ने बताउँछन्। भन्छन्, ‘कसैले योजनाबद्ध ढंगले उनीहरूलाई काठमाडौंमा स्थापित गराउन खोजेको हो भने त्यो भविष्‍यमा राष्‍ट्रीय सुरक्षाका लागि चुनौति बन्‍न सक्छ। तर, नेपालमा व्यापारमा भविष्‍य देखेर उनीहरू आफैं आएका हुन् भने खासै फरक पर्दैन।’

तथापि, कुनै शक्तिले अरू नै उद्देश्य राखेर उनीहरूलाई नेपालमा सेटल गराएको भएमा भविष्‍यमा त्यसका समस्याहरू देखिन सक्ने उनको आकलन छ। भन्छन्, ‘त्यसरी आएका हुन् भने त्यो सुरक्षा थ्रेट बन्‍न सक्छ।’

उनका अनुसार नेपालमा बाँके सदरमुकाम नेपालगञ्‍जमा मात्र शिया मुसलमान छन्। त्यहाँ समय-समयमा साम्प्रदायिक तनाव हुने गरेको छ। त्यसैले नेपालमा पनि शिया मुसलमान समुदायको गतिलो ट्र्याक रेकर्ड भने छैन। शिया मुसलमानहरू इरान समर्थित मानिन्छन्। शिया र सुन्‍नी मुसलमान समुदायबीचमै ठूलो लडाईं-झगडा छ, संसारभर नै। नेपालका अन्य जिल्लाहरूमा पनि सुन्‍नी मुसलमान समुदायको बसोबास छ।

नेपालमा बसोबास गर्न आएका भारतीय मुसलमानहरू मार्फत इरानले यहाँ प्रभाव विस्तार गर्न सक्ने जोखिम पनि देख्छन् उनी। अहिले पनि इरानका नागरिकहरूले शरण प्राप्त गर्न युरोप र अमेरिका पुग्‍न नेपालको बाटो प्रयोग गर्दै आएकै छन्। अध्यागमन विभागका अनुसार अहिले पनि युरोप, अमेरिका पुग्‍न चाहने ९ जना इरानी नागरिक काठमाडौंमा छन्।

विगतमा पाकिस्तानी एजेन्सीहरूले नेपालबाट भारतमा नक्कली नोटको कारोबार गर्न नेपालका सुन्‍नी समुदायकै व्यक्तिहरू पनि प्रयोग गरेका प्रशस्त उदाहरण छन्। यस्तै, भारतकै कश्मीरबाट भागेर काठमाडौं आएका मुसलमानहरूलाई पनि पाकिस्तानीहरूले प्रयोग गरेको देखिएको थियो। तथापि, त्यस्ता कुनै गतिविधिमा दाऊदी बोहरा समुदायको संलग्‍नता छैन। र, भारतीय नक्कली नोटको कारोबार ठप्प भएयता र खासगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पुराना भारतीय नोटहरू प्रयोगमा प्रतिबन्ध लगाएयता आपराधिक गतिविवधि गर्ने मुसलमानहरू अहिले देखिएका पनि छैनन्।

 

आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.