• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

बारा-पर्सा कोरिडोरमा दैनिक १२ घण्टा ‘लोडसेडिङ’


बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित

वीरगञ्ज- विद्युत् प्राधिकरणको ६६ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिएका बारा–पर्सा कोरिडोरका औद्योगिक ग्राहकले अहिले ऊर्जाको चरम अभाव भोगिरहेका छन्। प्रसारण लाइनबाट आपूर्ति लिएका उद्योग प्रतिष्ठानमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको उद्यमीहरूको भनाइ छ।

Advertisement

प्राधिकरणले नेपाललाई लोडसेडिङमुक्त घोषण गरे पनि पछिल्लो समयमा ऊर्जा संकट देखिएको छ। त्यसको प्रभाव औद्योगिक ग्राहकमा परेको छ। बढी ऊर्जा खपत गर्ने र नियमित आपूर्ति चाहिने उद्योगको उत्पादन २५-३० प्रतिशतमा झरेको छ।

‘दैनिक १०-१२ घण्टासम्म विद्युत कटिरहेको छ। यस्तोमा कसरी उत्पादन सम्भव हुन्छ ?’ एक उद्योगीले प्रश्न गरे। प्राधिकरणको ३३ र ११ केभी प्रसारण लाइनबाट बिजुली लिइरहेका उद्योगमा आपूर्ति तुलनात्मक रूपमा कम अवरुद्ध छ। ६६ केभीका ग्राहक भने बढी मारमा छन्।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोधकुमार गुप्ताका अनुसार ६६ केभीमा जोडिएका उद्योगमा दिनको १२ घण्टासम्म लोडसेडिङ र ५-६ पटक ‘ट्रिपिङ’ भइरहेको छ। अन्य प्रसारण लाइनबाट पनि आपूर्तिमा समस्या छ।

‘पछिल्ला केही वर्ष विद्युत्को सहज आपूर्तिका कारण उद्योग प्रतिष्ठानले आफ्नो क्षमता बढाएर उत्पादन थालेकोमा अहिलेको ऊर्जा अभावले समस्यामा छन्,’ उनले भने।

अहिले देखिएको समस्या अल्पकालीन भएको प्राधिकरणको ग्रिड सञ्चालन विभाग प्रमुख सुरेश भट्टराई दाबी गर्छन्। रुस–युक्रेन युद्धका कारण विश्वव्यापी ऊर्जा संकटबाट नेपाल पनि प्रभावित भएको उनको भनाइ छ। ‘यो १२-१५ दिनयताको समस्या हो, जुन चाँडै समाधान हुन्छ,’ उनले भने।

अधिक भारका कारण विद्युत् अवरुद्ध हुने समस्या आएको प्राधिकरणको भनाइ छ। तथापि, योजनामा राखिएका १३२ देखि ४०० केभीसम्मका प्रसारण लाइनलाई चाँडो निर्माण नगरिए भविष्यमा ऊर्जा पर्याप्त भए पनि आपूर्ति अवरुद्ध हुन सक्ने भट्टराईले बताए।

प्राधिकरण वीरगञ्ज वितरण केन्द्रका प्रमुख जितेन्द्रकुमार झा पनि प्रसारण लाइनमा बढी भारका कारण आपूर्तिमा समस्या थपिएको बताउँछन्। परवानीपुर-रक्सौल १३२ केभी प्रसारण लाइनमा बढी भारका कारण पटक-पटक विद्युत् काटिने समस्या देखिएको उनको भनाइ छ।

बिहिबार, बैशाख १५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.