ट्रम्प बाले हाम्रो देशको पैसा
ठगी खा छन् भनेपछि
रोइलो गर्नेहरूको देश !
Advertisement
जसले ठगेछ उसैले ठगी खान हुन्न भनेर
ठूलो स्वरमा चिच्याउनेहरूको देश
धर्म, संस्कृतिको धोती खोल्दा
रमाई बस्ने
ट्रम्प बाले भनेपछि मात्रै
थाहा पाउनेहरूको देश !
ट्रम्प बा जित्नुपर्छ भनी पूजा गर्ने
जितेपछि धारे हात लाउनेहरूको देश !
कसले पैसा पठायो ? कसले पायो ?
थाहा नपाउनेहरूको देश !
विदेशी पैसामा रमाई
राजनीतिको झोलामा बस्न रुचाउने
सल्लाहकारहरूको बथानले भरिएको देश !
विदेशी आकाहरूको आशीर्वादमा
नियुक्तिको आशले साँझ-बिहान
गणेश भक्तिहरू गर्नेहरूको
भीडले भरिएको देश !
को आफ्नो को बिरानो ?
थाहा नपाउनेहरूको देश !
टाउकोमा गिर खेल्नेहरू छानेर
रुवाबासी गर्नेहरूको देश